कोरोना भाइरसका विरामीलाई आइबुप्रोफन औषधि परीक्षण



कोरोनाभाइरस सङ्क्रमणका कारण अस्पताल भर्ना भएका बिरामीको उपचारमा दुखाइ कम गर्नमा प्रयोग हुँदै आएको औषधि आइबुप्रोफनले सहयोग पुर्याउँछ की पुर्याउँदैन भनेर वैज्ञानिकहरूले परीक्षण गरिरहेका छन् । लण्डनस्थित गाइज एण्ड सेन्ट टमसेज् अस्पताल र किङ्ग्स कलेजका वैज्ञानिकहरूको टोलीले उक्त औषधिले श्वासप्रश्वासको समस्याको उपचार गर्न सक्ने विश्वास गरेका छन् । आइबुप्रोफनको प्रयोग शरिरमा सुन्निएको र दुखाइ कम गर्न गर्ने गरिन्छ ।

वैज्ञानिकहरूको आशामा उक्त न्यून खर्चको औषधिले बिरामीहरूलाई श्वासप्रश्वासमा सघाउने यन्त्र भेन्टीलेटरमा राख्न नपर्ने तुल्याउन सक्छ । ’लिबेरट’ अर्थात ’मुक्त गर्ने’ नाम दिइएको यो स्वास्थ्य उपचार परीक्षणमा सहभागी आधा बिरामीले नियमित स्वास्थ्य उपचारका साथै आइबुप्रोफन औषधि पनि ग्रहण गर्नेछन् ।

यो परीक्षणमा मानिसहरूले बजारबाट सजिलै किन्न सक्ने आइबुप्रोफनको सामान्य मात्राभन्दा भिन्न विशिष्ट मिश्रणको प्रयोग गरिएको छ । त्यस्तो मिश्रणको क्याप्सुल मानिसहरूले बाथ जस्ता रोगहरूको उपचारका लागि पहिले नै खाने गरेका छन् । जनावरहरूमा गरिएको अध्ययनले उक्त औषधिले एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम भनिने श्वासप्रश्वाससम्बन्धी जटिल अवस्थाको उपचार हुनसक्ने देखिएको छ । यो कोरोनाभाइरस सङ्क्रमण भएका बिरामीहरूमा देखिने एउटा जटिल लक्षण हो ।

किङ्ग्स कलेज लण्डनस्थित टोलीका एक सदस्य प्राध्यापक मितुल मेहताले भने, ‘हामीसँग प्रमाणका रूपमा जे उपलब्ध छ, त्यो हामीले जे गर्न खोजेको त्योसँग मेल खान्छ कि खाँदैन भनेर परीक्षण गर्न आवश्यक छ।’

यो महामारी फैलिनुको सुरुआतको चरणमा सङ्क्रमणको सामान्य लक्षण देखिएका बेला आइबुप्रोफन सेवन गर्नु खराब भनी चिन्ताहरू पनि व्यक्त भएका थिए । फ्रान्सका स्वास्थ्यमन्त्रीले आइबुप्रोफन सेवन गर्दा कोरोनाभाइरसको लक्षण झन बल्झिन सक्ने भन्दै बरू बिरामीहरूले प्यारासिटमोल लिनु राम्रो भन्ने अभिव्यक्ति दिएपछि चिन्ता झन् चुलिएको थियो ।

तर कमिशन फर ह्यूमन मेडिसिन नामक सस्थाले एक निष्कर्ष निकाल्दै कोरोनभाइरस सङ्क्रमणको लक्षण देखिएका बिरामीले ती दुवैथरी औषधि सेवन गर्न सुरक्षित रहेको बताएको थियो। ती दुवै औषधिले बिरामीको ज्वरो कम गर्ने र फ्लूको लक्षण कम गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानन्यायाधीशले राजीनामा नदिए संवैधानिक व्यवस्थाअनुसार प्रक्रिया अघि बढ्छः मुक्ति प्रधान

काठमाडौं । वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् ।

नेपालको स्वतन्त्रताकाबारेमा भारतले नभुलोस्ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान

अफगान सरकारले रोजगारी सिर्जना र खाद्य संकट हटाउने कार्यक्रम ल्याउने

अफगानिस्तानको कृषि तथा पशुपालन मन्त्रालयले युवालाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै कृषि

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । सरकारी अधिकारीहरुले पछिल्लो २४