अन्तर्राष्ट्रिय बेइज्जत !



नारायण गाउँले ।

यो त अन्तर्राष्ट्रिय बेइज्जत भयो । दुई जना सङ्क्रमित धौलागिरी हस्पिटलमा केही हप्ता बसेछन् । ती खासमा बिरामी थिएनन्, कोरोनाभाइरस पोजिटिभ मात्रै थिए । तिनलाई अन्तर्राष्ट्रिय प्रचलन अनुसार घरमैं आइसोलेसनमा राखेको भए पनि हुन्थ्यो । हस्पिटलमा आइसोलेशन वार्ड खाली भएको र बिरामीको चाप नभएकाले ती हस्पिटलमा बसे । दुई हप्तासम्म कुनै डाक्टर भेट्न नआएको र नर्सले सिटामल दिने गरेको त स्वयं सङ्क्रमितले बताएकी थिइन् । विश्वभर लाखौं मान्छेलाई जस्तै केही हप्तामा तिनमा रिपोर्ट निगेटिभ आयो र ती घर फर्किए ।
हस्पिटलका स्वास्थ्य कर्मचारीका लागि यो नियमित काम र कर्तव्य हो । अझ त्यहाँ पोजिटिभ व्यक्ति राखिएकाले यसबीच अन्य बिरामी खासै आएनन् र सबै कर्मचारीलाई सुबिस्ता भयो ।

अहिले सुनिन्छ, डाक्टरदेखि नर्स र कर्मचारीदेखि सञ्चालकसम्म सबैको नाममा करोड़ बढ़ीको भत्ता प्रस्ताव गरिएको छ । यो महान् उपलब्धि भएकोले सबैले बोनस पाउनुपर्ने तिनको तर्क रहेछ । यो सङ्कटका बेला राज्यस्रोतको अनुचित दोहन गर्न खोज्नु अनैतिक काम हो । आफ्नो कर्तव्य निभाउनकै लागि तिनले नियमित तलब पाएका हुन् ।

प्रोत्साहन भत्ता दिनुपर्ने गरी र आफ्नो ड्युटीभन्दा दुई कदम अघि बढेर काम गर्नुपर्ने गरी नेपालमा महामारी फैलिएको छैन । सरकारको गलत नीतिका कारण सम्भावित सङ्क्रमितहरू घरमा एक्लै बस्नुको साटो क्वारेन्टीनका नाममा समूहमा बसेका छन् र पोजिटिभ रिपोर्ट आउनेबित्तिकै कुनै लक्षण र गम्भीर बिरामी नभए पनि हस्पिटलमा लगिएका छन् ,यत्ति हो ।

डाक्टर या नर्सले यो यो बिरामीको मात्रै उपचार गर्ने भन्ने तोकेर जागीर खाएका हुँदैनन् । महामारी सकिएपछि त्यसमा संलग्नहरूलाई धन्यवाद स्वरूप सरकार या समुदायले पुरस्कृत गर्नु अलग हो । तर यसलाई खाने अवसरको रूपमा लिएर लुटमा लाग्नेहरू त पुरस्कार योग्य पनि छैनन् ।

यस्तो गलत कमाउ धन्दा नफैलियोस् भन्नका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकल अनुसार सम्भावित सङ्क्रमितलाई क्वारेन्टीनको नाममा भीड़मा नराख्ने र सामान्य लक्षण मात्र देखिएका ‘पोजिटिभ’हरूलाई सकेसम्म घरमैं आइसोलेशनमा राख्ने व्यवस्था गर्नु जरूरी छ । के स्मरण रहोस् भने पोजिटिभ जति सबै बिरामी होइनन् । सामान्य लक्षण देखिएका पनि खास बिरामी होइनन् । तिनलाई घरमैं राख्ने हो भने आवागमनदेखि हस्पिटलभित्रै हुन सक्ने क्रस इन्फेक्शनबाट बचाउन सकिन्छ । घरमा राख्ने अवस्था नभए मात्र हस्पिटल या अन्य सुविधाजनक ठाउँमा लैजानु उत्तम हुन्छ ।

अहिले सम्म कुनै औषधि र भ्याक्सिन नभएको कोरोनाभाइरसका सङ्क्रमितलाई कोठामा थुनेर केही दिन सिटामल दिएको भरमा सफल उपचार गऱ्यौं भनेर बोनस खोज्ने काम तत्काल निरुत्साहन गर्नु आवश्यक छ । यथार्थभन्दा धेरै ठूलो रोगका रूपमा गलत व्याख्या भएकाले पनि धेरैमा यसप्रति भ्रम र ठूलो डर छ । सरकारले त्यसलाई निराकरण गर्नेतिर पनि तत्काल सोच्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको