९० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७७२
काठमाडौँ । मंगलबार नेपालमा ९० जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।
मगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ जनासहित विभिन्न जिल्लाका ९० जना रहेका छन् । योसँगै कोरोना संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ ।
त्यसैगरी १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर बिधिबाट ५४ हजार २ सय ४२, र्याापिड ९७ हजार ९ सय ६७ वटा नमुना जाँच गरिएको छ ।