डब्ल्यूएचओद्वारा कोभिड-१९ का विरामीलाई हाइड्रोक्सीक्लोरोक्वीन औषधि प्रयोगमा रोक



विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोभिड १९ को सम्भावित उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासका कारण रोकिएको जनाएको छ । थुप्रै देशमा भइरहेको परीक्षण सावधानीका लागि भन्दै ’अस्थायी रूपमा’ रोकिएको राष्ट्रसङ्घीय स्वास्थ्य निकायले जनाएको हो ।

हालैको एउटा चिकित्सा अध्ययनले उक्त औषधिको प्रयोगले कोभिड १९ विरामीको मृत्यु हुने जोखिम बढाउने सुझाएको पृष्ठभूमिमा डब्ल्यूएचओको त्यस्तो भनाइ आएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै भाइरसबाट बच्न उक्त औषधिको प्रयोग गरिरहेको जनाएका थिए । उनले कोभिड १९ को उपचारमा यस औषधि ’गेम चेन्जर’ हुने भन्दै त्यसले अवस्था फेरिदिने बताउँदै आएका थिए ।

सार्वजनिक स्वास्थ्य अधिकारीहरूले भाइरस सङ्क्रमितमा उक्त औषधिले मुटुमा समस्या ल्याउनसक्ने चेतावनी दिँदै त्यसबारे स्पष्ट नबोले पनि ट्रम्पले भने बारम्बार उक्त औषधिको प्रवद्र्धन हुनेगरि बोलेका थिए ।

गतसाता एउटा मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित एउटा अध्ययनमा हाइड्रोक्सीक्लोरोक्वीनलाई कोरोनाभाइरसका बिरामीको उपचारमा प्रयोग गर्नुको कुनै फाइदा नभएको जनाइएको थियो ।

यसले भाइरसका कारण बिरामी परेकाहरूको मृत्युको सङ्ख्या बढाउन सक्ने उक्त अध्ययनमा जनाइएको थियो । डब्ल्यूएचओको आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले आफूहरूको निर्णय ’कुनै समस्यासँग जोडिएर नभएको’ बताए ।

हाइड्रोक्सीक्लोरोक्वीन औलोको लागि सुरक्षित औषधि मानिए पनि अहिलेसम्म कुनै परीक्षणले यसलाई कोभिड १९ का लागि प्रयोग गर्न सुझाएका छैनन् । यो एक सस्तो, प्रचलित र सजिलै उत्पादन गर्न सकिने औषधि हो। औलोका बिरामीलाई यसले ज्वरो तथा सुजन कम पार्न सहयोग गर्छ । ल्यान्सेटको अध्ययनले ९६ हजार कोरोनाभाइरसका बिरामीलाई समेटेको थियो ।

जसमा १५ हजारलाई उक्त औषधि दिइएको थियो । कसैलाई उक्त औषधिसँगै एन्टीबायोटिक समेत दिएर परीक्षण गरिएको थियो । त्यसरी परीक्षण गरिएका समूहमा मत्युदर हाइड्रोक्सीक्लोरोक्वीन प्रयोग गरिएकामा १८ प्रतिशत, क्लोरोक्वीनमा १६.४ प्रतिशत र नियन्त्रित समूहमा ९ प्रतिशत पाइएको थियो । हाइड्रोक्सीक्लोरोक्वीन वा क्लोरोक्वीनलाई एन्टीबायोटिक सहित परीक्षण गरिएकाको मृत्युदर अझ बढी पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनकोशी र रोशीमा ७० वर्षपछि भयानक बाढी

काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका

दक्षिण अफ्रिकामा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु

दक्षिण अफ्रिकी प्रहरीले देशको पूर्वी केप प्रान्तमा १७ जनालाई गोली हानी हत्या गरेपछि

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

इनरुवा (सुनसरी) । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ ।

नसरल्लाहको मृत्युले विश्वलाई सुरक्षित बनाएको इजरायली सेनाको दाबी

इजरायली सेनाले हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्युले विश्वलाई सुरक्षित बनाएको बताएको छ भने