७२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६७५ पुग्यो
काठमाडौँ । नेपालमा सोमबार थप ७२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका नागरिक रहेक स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । योसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको हो ।