ती निको भएका व्यक्तिले कोरोनाको चेन ब्रेक गर्नेछन्



नारायण गाउँले ।

लण्डनमा कोरोनाभाइरस भूसको आगोजस्तै फैलियो । प्रायः सबै हस्पिटलले पूर्व तयारी स्वरूप सघन उपचार क़क्षलाई तयारी अवस्थामा राखेका थिए । अपरेशन थिएटरलाई पनि भेन्टिलेटरसहित सघन उपचार कक्ष बनाइएको थियो । आवश्यक परे क्रमशः सबै वार्डलाई कोभिड़ वार्डका रूपमा विस्तार गर्ने योजना र तयारी पहिल्यै थियो ।

यति छिटो विश्वभर फैलिन सक्ने उच्च सङ्क्रामकता भएको भाइरसले संसारकै व्यस्तमध्येको एक लण्डनलाई केही दिनमैं निली हाल्यो । अहिलेसम्म पनि अन्तर्राष्ट्रिय उड़ानमा प्रतिबन्ध नलगाएका थोरै देशमध्ये बेलायत एक होला । यहाँ आवागमनका साधनलाई अत्यावश्यक सेवा मानिने रहेछ र त्यसलाई बन्द गर्न असाधारण अधिकार सरकारलाई चाहिने रहेछ । प्लेनमात्रै होइन, सार्वजनिक यातायातका सबै साधन चली नै रहे । धन्न अन्य देशले प्रतिबन्ध लगाएका कारण धेरै फ्लाइट भित्रिन पाएनन् ।

एकपल्ट त यी स्वास्थ्य पूर्वाधारले नधान्ने हो कि भन्ने थियो । ४ हजार बेडसम्म धान्ने गरी नयाँ हस्पिटल पनि बन्यो । दैनिक हजारौं सङ्क्रमित र सिकिस्त बिरामी भर्ना हुन थालेपछि स्थिति भयावह देखियो । हस्पिटलहरू भित्रै दैनिक आठ सयको मृत्यु हुन थालेपछि सबै त्रस्त हुनु स्वाभाविक थियो । तर रोचक के लाग्यो भने कुनै पनि स्वास्थ्यकर्मी ड़राएको या आत्तिएको देखिएन । भर्ना भएका कोभिड़ बिरामीले अन्यजस्तै स्वाभाविक उपचार पाए ।

सामान्य लक्षण देखिएकालाई घरमैं आइसोलेशनमा बस्न भनिएको थियो । तर पनि हस्पिटलमा वार्डहरू भरिने क्रम जारी थियो । इटालीमा हप्तौंको बन्द कोठामा रहेका बिरामीलाई घाम देखाउन बेडसहित बाहिर निकालिएका तस्बीरलाई हामी सबैले सड़कमैं उपचार गर्नु परेको भनेर बुझेका थियौं । भेनेजुएलामा मुद्रास्फीतिका कारण प्रयोगहीन बनेका नोटहरू सड़कमा फालिएका तस्बीर देखाउँदै इटालीमा मान्छेले पैसा सड़कमा फ़ाल्ने अवस्था आएको प्रचार पढ्यौं । लौ, वृद्धवृद्धालाई त उपचार नै नगर्ने निर्णय भएको छ भन्ने हल्ला सुन्यौं । मनमा ठूलो डर थियो, कतै हामी त्यही बाटोमा त छैनौं ?

तर त्यस्तो भएन । सङ्ख्यामा इटालीलाई जिते पनि हस्पिटलमा छुट्याइएका ‘सघन उपचार कक्ष’ पूर्ण रूपमा प्रयोगमा नआउँदै सङ्क्रमण ओरालो लाग्न सुरु भयो । नयाँ हस्पिटल प्रयोगमैं नआई बन्द भयो । हेर्दा हेर्दै आइसियुकै बेड खाली हुँदै आए । वार्डहरू खाली हुँदै गए । न उपचार पत्ता लागेको छ, न भ्याक्सिन बनेको छ । तर सङ्क्रमण भने एकाएक कम हुँदै गयो ।

बेलायतका केही वैज्ञानिकले ‘Herd immunity’ अर्थात् धेरैमा सङ्क्रमण भएपछि प्रतिरोधक क्षमता विकास हुने, ‘चेनब्रेक’ हुँदै जाने र सङ्क्रमण आफै कमजोर हुँदै जाने कुरा गर्दा सिङ्गो विश्व र स्वयं बेलायतमैं पनि कड़ा प्रतिवाद भयो ।
तर, अहिलेका लागि चाहेर या नचाहेर पनि यही विकल्प नै हामी सामु रहेजस्तो देखिँदै आयो । अनन्त कालसम्म लकडाउन गर्न त सकिन्न नै । लकडाउन शुरु भएपछि रसिया र भारत जस्ता देशमा सङ्क्रमण रोकिनुको सट्टा उकालो लागिरहेको छ । लाग्छ, केही हप्तामा ठूलो सङ्ख्या सङ्क्रमित भएर निको भएपछि त्यहाँ पनि यो घट्नेछ । ती निको भएका व्यक्तिले चेन ब्रेक गर्नेछन् ।

लण्डनभित्र गत सोमबार लिइएका नमुनाहरूमध्ये कुनै पनि नयाँ पोजेटिभ केस देखिएन । शायद धेरै हप्तापछि सङ्क्रमण शून्य रहेको त्यो पहिलो दिन थियो । त्यस यता पनि सङ्क्रमण खास नबढेको बताइन्छ । तर हस्पिटलमा अझै पनि बिरामीको ठूलो सङ्ख्या रहेकाले मृत्युको समाचार भने आइरहनेछ ।

भूसको आगो जस्तो फैलिएर भूसकै आगोजस्तो निभेर जाने निचोड़ निकाल्न त ठूलो अध्ययन, विज्ञता र प्रमाण चाहिएला । तर शून्य विशेषज्ञता भएको नाङ्गो आँखाले भने यही देख्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

  काठमाडौँ । सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह

‘एसइई’मा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युुगमा प्रवेश गरेकाले

‘तपाईलाई किन पदबाट नहटाउने’ भन्दै कुलमानलाई उर्जा मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । ऊर्जामन्त्री दीपपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि

सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसद ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई