लिपुलेकको अवैधानिक सम्झौताबाट पछि हटाउन तत्काल चीनसँग वार्ता



भरत दाहाल ।
चीनलाई लिपुलेकको अवैधानिक सम्झौताबाट पछि हटाउन तत्काल वार्ता अघि बढाउ ।
पेन्सन क्याम्पहरु, दूतावासले गर्न पाउने खर्च र खुला सिमाना तत्काल बन्द गर ।
हात हालेर छोड्नु झन् ठूलो खतरा हो, इण्डियासँगको सम्बन्ध छिनोफानो गर्नै पर्छ ।

नेपालको दलाल राजनीतिमा धेरै ठूलो जटिलता छ । कोही दलाल रअ को खाएर काम गर्छन्, कोही दलाल सिआईएको खान्छन् भने कोही दलाल यूरोपीयनको खाएर आफ्नो स्खलित मनुष्यत्व धानिरहेका छन् । यो जटिलतालाई ध्यान दिएर बाह्य शक्तिहरुसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर यसको समाधानका दिशामा ध्यान दिनु पर्दछ । ईण्डिया र पश्चिमाहरुको हस्तक्षेपका बीचको अन्तरलाई पनि ठिक ढंगले आत्मसात गर्नुपर्ने आवश्यकता पैदा भएको छ । थुप्रै जटिलताहरु उपस्थित भएको बेला हाम्रो लागि कुन जटिलता प्राथमिकतामा राखेर सबैभन्दा पहिले समाधान गर्नु पर्ने हो भन्ने कुरामा ध्यान दिनु पर्दछ।

ईण्डियाबाट हुने खतरा देशको राजनीतिक स्वाधिनता मात्र होईन, भौगोलिक अखण्डता नै समाप्त हुने समस्या हो । इण्डिया सिमाना जोडिएको देश हो र यो नेपालको अस्तित्व समाप्त पारेर आफ्नो अंग बनाउने वा तराईको विभाजन गर्ने षड्यन्त्रमा निरन्तर काम गर्दै आएको छ । त्यसकारण वैदेशिक हस्तक्षेपको कुरा गर्दा ईण्डियाबाट हुने खतरा जति गम्भीर छ, त्यस्तो खतराको प्रकृति अरु पक्षबाट उत्पन्न हुने भौतिक परिवेश नेपालमा छैन । पश्चिमाहरुबाट हुने मूख्य खतरा सामाजिक..सांस्कृतिक क्षेत्र हो र यो क्षेत्रलाई ईसाईकरण गरेर तिनीहरुले चीनका विरुद्धमा आफ्नो उपस्थितिको बलियो आधार बनाउन खोजेका छन्।

ईण्डिया र पश्चिमाहरुले उत्पन्न गरेका समस्याहरु नेपाल र चीन दुबैको सार्वभौमिकताको विरोधको प्रश्नसंग जोडिएका छन्। चीनको भौगोलिक अखण्डताका लागि पश्चिमाहरु मूख्य खतरा हुन् । किनभने तिनीहरुले तिब्बत विभाजन गर्ने रणनीति बोकेर नेपालमा प्रवेश गर्न खोजिरहेका छन्। हाम्रा लागि गम्भीरताको हिसाबले ईण्डिया नै सबैभन्दा ठूलो समस्या हो किनकी यसले नेपालको भूगोल नै कब्जा गर्ने खतरा छ । यी दुई प्रकारका समस्याहरुमा नेपाल र चीनका प्राथमिक स्वार्थहरु बाझिन्छन्। त्यसै कारणले चिनियाँहरुले लिपुलेकलाई लिएर ईण्डियासंग गलत ढंगले सम्झौता गर्न पुगेका हुन्। यस प्रश्नमा चीनसँग हाम्रो दुरी बढ्न सक्छ।

तर दिर्घकालिन रुपमा हेर्दा चीन हाम्रो लागि भरपर्दो मित्र देश हो । यसलाई सुरक्षित राख्न लिपुलेक संझौताबाट फिर्ता हुन् चीनसंग तत्काल वार्ता अघी बढाउनु पर्दछ। त्यो पघि हट्नु सबैभन्दा राम्रो समाधान हो। यदी चीनले यसो गर्दैन भने नेपाल र ईण्डियाका बिचमा बढ्ने द्वन्दले पश्चिमाहरुलाई खेल्ने आधार बन्छ भन्ने नाममा हामीले ईण्डियासंगका खराब सम्बन्धहरुको समाधानको लडाईंलाई कुनै पनि मूल्यमा रोक्नु हुँदैन। ईण्डिया विरुद्धको अडानले देश सुरक्षित मात्र हुँदैन कि यसबाट ईण्डियालाई प्रयोग गरेर नेपालमा पश्चिमाहरु खेल्ने आधार पनि कमजोर हुन्छ । ईण्डिया नै नेपालमा उत्पन्न हुने सबै प्रकारका समस्याहरुको जड हो ।

अतः सरकारले सर्वप्रथम चीनसंग वार्ता गरेर लिपुलेक सम्झौताबाट पछि हटाउन कदम चालोस् । यो कदमपछि मात्र अगाडि बढ्ने रणनीति कस्तो बनाउने भन्ने कुरा स्पष्ट हुन्छ । त्यसपछि तत्काल नेपालभित्रका ईण्डियन पेन्सन क्याम्पहरु बन्द गर्नु पर्छ किनकी त्यहाँ बस्ने कथित कर्मचारीहरु सबै छदम्भेषका ईडियन सैनिकहरु हुन् । दोश्रो क्रमका रुपमा सूर्यबहादुर थापाले सुरु गरेको र बाबुराम भट्टराईले विस्तार गरेको ईण्डियन दूताबासले त्यसको स्वेच्छामा जिल्ला जिल्लामा रकम लगानी गर्न पाउने निर्णय तुरुन्त खारेज गर्नु पर्दछ । तेश्रो कदमका रुपमा ईण्डियासँगको सिमाना बन्द गर्नु पर्दछ। यो नगरेसम्म सबै प्रयासहरु अर्थहीन हुन्छन् । देशभित्र इण्डियन जालो कमजोर नबनाएर मुद्दा अन्तर्राष्ट्रियकरण गर्दा कमजोर हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् पुस ९ गतेको मन्त्रिपरिषद बैठकका १२ निर्णय

काठमाडौं । सरकारले अनुमति नलिई क्यासिनो सञ्चालन गर्नेलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसारको

‘सहसचिव र उपसचिवको खुला प्रतिस्पर्धा रोकौँ’

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसले नीतिगत निर्णयको प्रक्रियामा

एनसेलको सेयर बिक्री रोक्न माग गरिएको अमरेश सिंहको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको सेयर बिक्री रोक्न माग गरिएको रिट खारेज गरेको

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित

  काठमाडौँ । संसदको अर्थ समितिको बिहीबारको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक,