मुलुकभरका क्वारेन्टाइनको अवस्था सुधार्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलुकभरका क्वारेन्टाइनको अवस्था सुधार्न निर्देशन दिएका छन् । काठमाडौंको छाउनीस्थित कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभरका क्वारेन्टाइनको अवस्था राम्रो नरहेको सूचना आइरहेकाले सुधार्न निर्देशन दिएका हुन् ।

बैठकमा जेठ २० मा लकडाउनको अवधि सकिएपछि सरकारले लिने कदम र रणनीति, विदेशबाट ल्याउनु पर्ने नागरिकको संख्या र व्यवस्थापनबारे प्रधानमन्त्री ओलीले चासो राखेको बताइएको छ । प्रधानमन्त्री ओलीले छाउनीस्थित कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निरीक्षण पनि गरेका थिए ।

प्रधानमन्त्रीलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्यहाँको गतिविधिका बारेमा जानकारी गराएका थिए । कोराना भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि सरकारले सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै