भारतमा एशियाकै सर्वाधिक कोरोना भाइरस संक्रमित



भारतमा एकै दिन ५ हजार ६ सय जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो अहिलेसम्म दैनिक पुष्टि भएको सर्वाधिधक सङ्ख्या हो । योसहित भारतमा सङ्क्रमितको कुल सङ्ख्या एक लाख ६ हजार नाघेको छ । भारतमा एशियामै सर्वाधिक सङ्ख्यामा कोभिड १९ पुष्टि भएको छ ।

मङ्गलवार अघिल्लो दिनको तथ्याङ्क आएपछि भारतले सङ्क्रमितको सङ्ख्यामा चीनलाई पनि उछिनेको थियो । भारतको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ५ हजार ६ सय ११ जनामा कोरोनाभाइरस पुष्टि भएको जनाएको छ । अहिले भारतमा ६१ हजार भन्दा बढीमा व्यक्तिमा सक्रिय सङ्क्रमण छ । उक्त अवधिमा १४० जनाको कोभिड १९ कारण मृत्यु भएपछि मृतकको कुल सङ्ख्या ३ हजार ३०३ पुगेको छ। अहिलेसम्म झन्डै ४२ हजार जना निको भएका बताइएको छ ।

भारतमा विगत आठ हप्तादेखि लकडाउन लगाइएको छ । सरकारले हिँडडुल र व्यापार तथा व्यवसायमा लगाइएको प्रतिबन्ध बिस्तारै खुकुलो पार्न थालेको बेलामा सङ्क्रमणको दर बढेको देखिएको छ । भारतमा अझै कोभिड १९ महामारी उत्कर्षमा पुग्न बाँकी भएको विज्ञहरू बताउँछन् । भारतको अल इन्डिया इन्स्टिट्यूट अफ मेडिकल साइन्सेजका निर्देशक डा. रणदीप गुलेरियाका अनुसार भारतमा सङ्क्रमण जुन जुलाई महिनामा उत्कर्षमा पुग्नेछ ।

त्यति बेला भारतमा रुखाखोकीको प्रकोप पनि देखिन्छ । तर केही विज्ञहरू राज्यअनुसार उत्कर्ष देखिने समय फरक पर्ने धारणा राख्छन् । अहिले महाराष्ट्रमा सर्वाधिक अर्थात् देशभरि पुष्टि भएकामध्ये ४० प्रतिशत सङ्क्रमित फेला परेका छन् भने मृत्यु भएकामध्ये गुजरात राज्यमा ७० प्रतिशत छन् ।

महाराष्ट्रपछि तमिलनाडु, गुजरात र दिल्लीमा क्रमशः सर्वाधिक सङ्क्रमित फेला परेका छन् । भारतमा लकडाउनको अवधि बढाएर मे ३१ सम्म कायम गरिएको छ । तर सोमवारदेखि केही आर्थिक गतिविधि सञ्चालन गर्न अनुमति दिइएकोले ठूला सहरमा मानिसहरूको चहलपहल देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी निकालिँदैछ झ्याप्लेखोलामा पुरिएको बस(भिडियोसहित)

काठमाडौं । नागढुंगा नजिकै धादिङको झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा

सुनकोशी र रोशीमा ७० वर्षपछि भयानक बाढी

काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका

दक्षिण अफ्रिकामा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु

दक्षिण अफ्रिकी प्रहरीले देशको पूर्वी केप प्रान्तमा १७ जनालाई गोली हानी हत्या गरेपछि

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

इनरुवा (सुनसरी) । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ ।