विदेशी विचारको अतिक्रमण स्वीकार्य छैन



डा. गोविन्दशरण उपाध्याय ।

खरो कुरा !
“नेपालको आफ्नो मौलिकतामा भएका विज्ञानको अनुसन्धान गरौँ, सांस्कृतिक तथा सामाजिक जीवनमा रहेका असल पक्षहरू विश्वसामु उजागर गरौँ, नेपालमा भएका प्राचीनतम गौरवहरूको उच्च मूल्यांकन गर्ने परिपाटीको विकास गरौँ, जातजाति, क्षेत्र, नाक, भाषाकाआदिका आधारमा नेपाली-नेपालीहरू वीच घृणावादको विस्तारलाई रोकौं, नेपाललाई विदेशी मुखी होइन स्वदेशमुखी शक्तिमा रुपान्तरित गर्न “राज्यराष्ट्र”को राजनैतिक सिद्धान्तवारे वहस गरौँ” भन्दैगर्दा यदि उनीहरूले मलाई “पश्चगामी, पुरातनवादी, अन्धविश्वासी, अप्रगतिशील” भन्ने आरोप लगाउँछन् भने म यी सबै आरोपहरू विनम्रतापूर्वक स्वीकार गर्छु |

यदि मैले
नेपालका मौलिक सभ्यताहरू हिन्दू, जैन, बौद्ध, किराती, बोन हुन् र यिनको सुरक्षा हुनुपर्छ, प्रलोभन दिएर धर्मपरिवर्तन गरिनु जघन्य अपराध हो, एसले एउटा जिउदो सभ्यता विलुप्त हुन सक्छ, अंग्रेजीका ठाउँमा मातृभाषालाई महत्व दिनुपर्छ, युवाहरूलाई विदेश पलायनबाट रोक्न निर्यातमुखी अर्थतन्त्रमा जोड दिनुपर्छ, हरेक समस्याको समाधानका लागि विदेशीलाई विज्ञका रुपमा बोलाउने परिपाटीको अन्त्य हुनुपर्छ” भनेर बोल्दा म “अप्रगतिशील” ठहरिन्छु भने एस्तो अप्रगतिशीलता मेरो लागि स्वीकार्य छ | मलाई विज्ञान स्वीकार्य छ तर विदेशी विचारको अतिक्रमण स्वीकार्य छैन | कुरो खरो छ |

यदि मैले
“नेपालमा प्रचलित राजनैतिक शक्तिहरूको बैचारिक श्रोत सात समुद्र पारि छ, जुन नेपालीहरूको भौतिक, मनोबैज्ञानिक तथा आध्यात्मिक यथार्थसंग कत्तिपनि मिल्दैन तर विज्ञान तथा सुशासनका सवालमा खुला हुनुपर्छ” भन्दा “विदेशी चिन्तनलाई नेपालीकरण” गरेर लैजानु पर्छ किनभने नेपालसंग आफ्नो मौलिक राजनैतिकवाद छैन” भनेर कूतर्क गर्ने जडवादीहरूले मलाई “पुरातनवादी” भन्दा मैले स्वीकार गर्नुपर्छ | कमसेकम मलाई इतिहासले “जडवादी” भन्ने छैन |

यदि मैले
“हामी नेपालीहरूको मनोविज्ञान बहुदेववाद () को जगमा निर्मित भएकोले हामीले आफ्नो धर्म, संस्कृति तथा विचारसंग मेल नखाने विचार वा व्यक्तिहरूलाई पनि स्वीकार गर्छौं तर एकेश्वरवादको संस्कृतिको जगमा मनोबैज्ञानिक चिन्तन बनाएका “विदेशी”हरूलाई नेपालमा फल्नफुल्न दिनुहुँदैन किनभने यिनीहरूले नेपालको मौलिकता समाप्त पर्ने निश्चित छ” भन्दैगर्दा “सत्य बुझेर पनि विदेशीहरूका लागि आत्महत्या गर्ने बाटोलाई नै उपयुक्त ठान्छ भने एस्ता मान्छे वा समुहले मलाई “पश्चगामी” भनेको मा कुनै गुनासो हुँदैन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने