ल हेर्नुस् बाबुराम भट्टराईले भनेको ‘भाइरल’ भिडियो
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबारको संसद बैठकमा एउटा भाइरल भिडियोको बारेमा चर्चा गरेका थिए । त्यो भिडियो भारतमा अलपत्र परेका नेपालीहरुको हो । भिडियोमा भारतीय प्रहरी र चिकित्सकले नेपालीलाई कस्तो व्यवाहार गरिरहेका छन् भन्ने स्पष्ट छ । भट्टराईले भारतले बस्न नदिने नेपालले ल्याउन पहल नगर्ने हो भने नेपालीहरु कहाँ जाउन् त भन्दै सरकारलाई उनीहरुको उद्दारका लागि पहल गर्न आग्रह गरेका हुन् । भिडियोमा यस्तो सम्बाद भएको देखिन्छ ।
’भारत सरकारले तिमेरूलाई पक्रेर काम गर्न जबरजस्ती ल्याको हो ? पैसा कमाउन आयौ त हाम्रो के गल्ती ? नेपालीलाई फोकटमा ख्वाउन भारतसँग पैसा छ ? बाहिर भेटे जेल जान्छौ, सीमामा जान पाउँदैनौ !’
‘भारत सरकारले तिमेरूलाई पक्रेर काम गर्न जबरजस्ति ल्याको हो? पैसा कमाउन आयौ त हाम्रो के गल्ती? नेपालीलाई फोकटमा ख्वाउन भारतसँग पैसा छ? बाहिर भेटे जेल जान्छौ, सिमामा जान पाउँदैनौ!’
सरकार, दियो बालेर फुर्सद भएपछि होटलमा मस्तले राखिएका यी नेपालीलाई इज्जत गरिएका यी कुरा पनि सुन्नु है! pic.twitter.com/9AJisfaWBL— रामेश (@RaameshKoirala) May 7, 2020