विश्वमा ३२ लाख भन्दा बढी कोरोना संक्रमित, मृतकको संख्या दुई लाख २८ हजार नाघ्यो
कोरोना संक्रमणबाट विश्वमा २ लाख २८ हजार भन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी कोरोना संक्रमणबाट बिहीबार विहानसम्म ३२ लाख १९ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । अमेरिकामा कोरोना संक्रमणबाट ६१ हजार भन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा हालसम्म १० लाख ६३ हजार संक्रमित भेटिएका छन् ।
इटालीमा कोरोना भाइरसका कारण २७ हनार ६ सय भन्दा बढीले ज्यान गुमाएका छन् । त्यसैगरी बेलायतमा मृत्यु हुनेको संख्या २६ हजार नाघेको भने स्पेनमा २४ हजार २ सय ७५ जनाको मृत्यु भएको छ । भारतमा ३३ हजारमा कोरोना संक्रमण देखिएको छ भने एक हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।