कोरोना भाइरसका कारण अमेरिकामा १० लाख संक्रमित, ५७ हजार भन्दा बढीको मृत्यु



अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० लाख नाघेको छ । कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो । त्यहाँ हालसम्म ५७ हजारभन्दा बढीको यो भाइरसका कारण मृत्यु भइसकेको छ । त्यो भनेको भियतनाम युद्धका बेला मृत्यु भएका अमेरिकीहरूको सङ्ख्याभन्दा पनि बढी हो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वभर कुल ३० लाख ९८ हजारभन्दा बढी सङ्क्रमण पाइएको छ । कोरोनाभाइरसका कारण हालसम्म २ लाख १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूहरूले धेरैभन्दा धेरै परीक्षण गरेकाले यो सङ्ख्या देखिएको बताएका छन् । उनले विस्तारै सङ्क्रमितको सङ्ख्या शून्यमा झर्ने बताए। ट्रम्पले गत फेब्रुअरीमा पनि अमेरिकामा कोभिड १९ को सङ्क्रमण शून्य हुने बताएका थिए ।

त्यसबेला अमेरिकामा कोरोनाभाइरसका १५ वटा मात्र सङ्क्रमण भेटिएका थिए । ब्रिटेनमा बुधवारबाट केयर होमहरूमा भर्ती भएका सबै मानिसहरू र त्यहाँका कर्मचारीहरूको कोरोनाभाइरस सङ्क्रमण परीक्षण हुँदैछ । सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकाहरूमा पनि यो परीक्षण हुनेछ । यसले लाखौँ मानिसहरूलाई परीक्षणको दायरमा ल्याउने बताइएको छ ।

फ्रान्समा मे ११ बाट लकडाउन खुकुलो पारिनेछ । तर त्यहाँ सार्वजनिक यातायात र विद्यालयहरूमा मास्क लगाउन अनिवार्य गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यहाँ पनि चिकित्सकहरूले प्रयोग गर्ने सुरक्षा सामाग्री तथा उपकरणहरूको अभाव रहेको स्वीकारेका छन् । रुसमा हालसम्म ९३ हजारभन्दा बढी मानिसहरूमा सङ्क्रमण देखिएको छ भने हालसम्म ८ सय ६७ जनाको मृत्यु भइसकेको छ । करिब पाँच साताको लकडाउनपछि न्युजिल्यान्डमा मानिसहरू घरबाट बाहिर निस्किएका छन् । त्यहाँ लकडाउन लगभग अन्त्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा छ, अब रोजगारीका अवसर सृजना गर्ने योजना बनाऔंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धिगरी गरिबी निवारणलाई

कुशासनविरुद्ध एकीकृत समाजवादीद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा

किन चाहियो पूर्वविशिष्टलाई आजीवन सुविधा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक नभएको बताएका

यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी