कोभिड-१९ मा आयुर्वेद सन्दर्भ



डा. गोविन्दशरण उपाध्याय ।

नेपाल आयुर्वेदको उत्पत्त्ति थलो हो | सरकारले आयुर्वेद चिकित्सालय संचालन गर्छ | विविहरूले आयुर्वेद क्याम्पस संचालन गरिरहेका छन् र नेपालभरि हजारौं आयुर्वेदमा प्रशिक्षित चिकित्सकहरू छन् |

मैले सूचना पाएअनुसार धेरैजसो आयुर्वेदका चिकित्सकहरू लकडाउनमा वसेका छन् | एसको अर्थ हो आयुर्वेदाचार्यहरूलाई सरकारले कोभिड-१९ को उपचारको लागि पत्याउएन र आयुर्वेदाचार्यहरूले आफ्नो दक्षता प्रयोग गर्न पाएनन् | तेतिमात्रै होइन सरकारले आफैले संचालन गरेको आयुर्वेद चिकित्सा पद्यतिलाई करोना उपचारका लागि पत्याएन |

नेपालमा असंख्य जडीबुटीहरू छन् | हरेक जडीबुटीमा औषधीय गुण हुन्छ भने ती औषधिहरूमा करोना विषाणुलाई मार्ने क्षमता पनि पक्कै छ | एसको अर्थ हो सरकारी तन्त्रले नेपालको प्राचीन आयुर्वेदलाई पनि करोनाको उपचारका लागि खटाउन पर्यो |

अमेरिका, युरोप जस्ता विज्ञानमा मैं हुँ भन्ने देशहरूले पनि करोनाको वास्तविक उपचार गर्न सकेका छैनन् किनभने अहिलेसम्म एसको औषधि नै पत्तो लागेको छैन | अहिलेसम्म संसारभरि करोनको उपचार “आए आप गए झटारो”का रूपमा भै/गरिरहेको अवस्था छ | अर्को शब्दमा भन्दा हरेक संक्रमित मान्छे “गिनीपिग” वनाइएको छ |

औषधि पत्तो नलागी सकेको अवस्थामा नेपाल सरकारले करोना सङ्क्रमित मध्ये केही प्रतिशत रोगीहरूलाई निजहरूको स्वीकृति लिएर आयुर्वेदका चिकित्सकहरूको जिम्मा दिनुपर्छ | आधुनिक आयुर्वेदले पनि इसिजी, भेन्टिलेटरजस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्छ नै |

संक्रमितहरूलाई जसरी एलोपेथिक चिकित्सकहरूले “तुक्का”का भरमा औषधि गरिरहेका छन् तेसको तुलनामा आयुर्वेदिक औषधिहरू मान्छेको स्वास्थ्यलाई न्यून नोक्सानी गर्छन् | मैले साइड इफेक्टको कुरा गरेको हो | करोना संक्रमितलाई कम साइड-इफेक्ट गर्ने र प्राकृतिक रुपमा इम्युनसिस्टम बढाउने आयुर्वेदको प्रयोग गर्ने अवसर दिनुपर्छ |

विदेशीले औषधि पत्तो नलगाएको अवस्थामा आयुर्वेदले पत्तो लगाउनै सक्दैन भन्ने मानसिक रोगबाट सरकार, एलोपेथिक चिकित्सक, आधुनिक औषधि विज्ञहरू मुक्त भएको राम्रो | कोरोना सङ्क्रमितलाई आयुर्वेदीय उपचार गर्ने क्रममा करोना पराजित भयो भने नेपाल र नेपालीको भाग्यको साँचो खुल्छ | अरूले औषधि पत्तो नलगाएको अवस्थामा आयुर्वेदकालागि यो सम्भावना छंदैछ |

यदि आयुर्वेद करोनाको वास्तविक औषधि पत्तो लगाएन भने पनि हीनताबोध गर्नुपर्ने अवस्था छैन किनभने अरवों बजेट खर्चिरहेका एलोपेथिकहरूले पनि माखो मार्न सकेका छैनन् |

तेसैले मेरो नेपाल सरकार र आयुर्वेद चिकित्सकहरूसंग विनम्र निवेदन छ, तपाईंहरू पनि कोरोनाको आयुर्वेदीय उपचार गर्न र औषधि खोज्न खट्नुपर्छ र सरकारले त्यो अवसर प्रदान गर्नुपर्छ |

यदि नेपाल सरकार र आयुर्वेद चिकित्सकहरूले आयुर्वेदउपर आफ्नो स्वामित्व लिएर एस्तो महामारीका बखतमा आयुर्वेद प्रणालीको चिकित्साको प्रयोग, उपयोग र अनुसन्धान नगर्ने हो भने आयुर्वेद विभाग खारेज गरिदिए हुन्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल