कोरोनाबाट अमेरिकामा एकैदिन १ हजार ८ सय ९५ जनाको मृत्यु



कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार कोरोनाबाट विश्वमा ८८ हजार ४०३ जनाको मृत्यु भइसकेको छ  ।

पछिल्लो २४ घण्टामा करिब साढे ६ हजारले ज्यान गुमाएका छन् । २४ घण्टामा विश्वभर ६ हजार ३६७ कोरोना संक्रमितको ज्यान गएको हो । अघिल्लो २४ घण्टाको तुलनामा यो केही कम हो ।

अघिल्लो २४ घण्टामा ७ हजार ३४१ जनाको मृत्यु भएको थियो । सबैभन्दा धेरै अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८९५ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २४ घण्टामा ७४७, इटलीमा ५४२ तथा फ्रान्समा ५४१ ले २४ घण्टामा ज्यान गुमाएका छन् । सबैभन्दा धेरै इटलीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ भने अमेरिकामा १४ हजार ७३६ तथा स्पेनमा १४ हजार ७९४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १० हजार ८६९ को कोरोनाका कारण ज्यान गइसकेको छ । अहिलेसम्म विश्वभर कोरोनाको संक्रमण १५ लाख ११ हजार ३७५ जनामा देखिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा छ, अब रोजगारीका अवसर सृजना गर्ने योजना बनाऔंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धिगरी गरिबी निवारणलाई

कुशासनविरुद्ध एकीकृत समाजवादीद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा

किन चाहियो पूर्वविशिष्टलाई आजीवन सुविधा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक नभएको बताएका

यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी