कोरोना संक्रमणबाट विश्वमा ८२ हजार भन्दा बढीको मृत्यु, १४ लाख २८ हजार संक्रमित



कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीका रहेका छन् । इटलीमा मृतकको संख्या १७ हजार नाघेको छ भने संक्रमितको संख्या एक लाख ३५ हजार पाँच सय ८६ पुगेको छ ।

स्पेनमा मृतक संख्या १४ हजार ४५ र संक्रमितको संख्या एक लाख ४१ हजार नौ सय ४२ पुगेको छ । पछिल्लो समय अमेरिकालाई पनि कोरोनाले सताएको छ । अमेरिकामा कोरोना संक्रमणबाट १२ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ लाख ९८ हजार पुगेको छ । न्युयोर्कमा मात्र मृतक संख्या पाँच हजार पुगेको छ भने संक्रमितको संख्या एक लाख ३८ हजार पुगेको छ ।

त्यस्तै फ्रान्समा एकै दिन १४ सय भन्दा बढीको मृत्यु भएको छ । फ्रान्तसमा मृत्यु हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । बेलायतमा मृतकको संख्या ६ हजार एक सय ७० पुगेको छ भने संक्रमितको संख्या ५५ हजार हजार नौ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ५८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर