कोरोनाभाइरसका कारण स्पेनमा एकैदिन ७३८ जनाको मृत्यु



कोरोनाभाइरस सङ्क्रमणका कारण स्पेनमा मर्नेहरूको सङ्ख्या चीनको भन्दा धेरै पुगेको छ। त्यहाँ बितेको एक दिनमा थप ७३८ जना सहित कुल ३४ सय मानिसले कोभिड-१९ का कारण ज्यान गुमाएका छन्।

चीनको भन्दा त्यो १५० जनाले धेरै हो। चीनमा ८१ हजारमा सङ्क्रमण फैलिएपनि ज्यान गुमाउनेको सङ्ख्या ३२ सयभन्दा केही बढी बताइएको छ।

उक्त रोगबाट सबभन्दा धेरै इटलीमा मरेका छन्। त्यहाँ सात हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन्। स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि भाइरस सङ्क्रमण देखिएपछि अस्पताल लगिएको छ।

स्पेनमा खासगरि राजधानी मड्रिड सबैभन्दा प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको छ।

त्यहाँका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पुर्‍याउन मतदान गर्दैछन्।

ती नियम अनुसार मानिसहरूलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। उनीहरू केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन्। विश्वभरिको पछिल्लो आँकडा अनुसार हालसम्म चार लाख साठी हजार मानिसमा सङ्क्रमण पाइएको छ।

बिस हजारभन्दा धेरैको ज्यान गइसकेको छ। साथै एक लाख दश हजार जना भने निको भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयले दिएका विवरण अनुसार भारतभरि कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ६५० नाघेको छ। त्यहाँ १२ जनाले ज्यान गुमाएका छन्।

सङ्क्रमणका सङ्ख्या बढ्दै जाँदा त्यहाँ देशभरि लकडाउन वा कडा बन्देज लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका