एमसीसीको बहस एउटा निचोडमा पुगेपछि संसदमा पेश हुन्छः सभामुख



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले, अमेरिकासँगको सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदनका लागि दलको निर्णयको पर्खाइमा रहेको बताएका छन् ।

सिंहदरबारमा सोमबार पत्रकारसंग कुरा गर्दै सभामुख सापकोटाले दलको निर्णय प्राप्त हुनासाथ सो सम्झौतालाई अनुमोदनका लागि पेश गर्ने बताए । उनले सत्तारूढ पार्टी तथा सबै पक्षसँगको सहमतिबमोजिम संसदमा एजेन्डामा समावेश गर्ने बताए ।

सभामुख सापकोटाले सत्तारुढ पार्टी, विभिन्न पार्टीका मुख्य सचेतक, सचेतक र राष्ट्रिय रुपमा समेत त्यस विषयमा छलफल चलिरहेको भन्दै बहस एउटा निचोडमा पुगेपछि आफूले प्रक्रिया अघि बढाउने बताए ।

त्यस्तै उनले सांसदहरुले सीमासम्बन्धी तयार पारेको संकल्प प्रस्ताव आगामी बैठकमा पेस हुने जानकारी दिए । रिक्त उपसभामुख पदमा चयन गर्नेबारे दलहरुबीच छलफल जारी रहेको र त्यसमा पनि दलीय सहमति भएपछि उपसभामुख चयन प्रक्रिया सुरु हुने सभामुख सापकोटाको भनाई थियो । उनले आफूले प्राथमिकताका आधारमा बिधेयकहरुलाई संसदबाट अघि बढाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर

दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको