दिल्लीमा प्रदर्शन थप हिंसात्मक बन्दै, मृत्यु हुनेको संख्या २० पुग्यो



भारतको राजधानी नयाँदिल्लीमा हिंसात्मक झडपका क्रममा प्रदर्शनकारीले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका गरेका छन् । राजधानी दिल्लीमा दशकौं पछि देखिएको घातक हिंसाको घटनामा हालसम्म २० जनाको ज्यान गइसकेको छ ।

सरकारले ल्याएको नागरिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतबारदेखि भिडन्त भइरहेको छ । तर त्यसयता हिंसाले साम्प्रदायिक स्वरूप लिएको छ ।

मानिसहरूलाई तिनीहरूको धार्मिक आस्थाका आधारमा निशाना बनाइएको छ । सामाजिक सञ्जालमा प्रस्तुत भैरहेका फोटो, भिडिओ र अन्य विवरणहरूले दिल्ली शहरले बेहोरिरहेको चरम अवस्थाको चित्रण गरेका छन् ।

जथाभावी आगजनी, काठ र फलामको लौरो अनि ढुङ्गा बोकेका मानिसहरूको समूह सडकमा ओहोरदोहोर गरिरहेका र हिन्दू तथा मुस्लिम समुदायका मानिसहरू मुठभेडको अवस्थामा रहेका देखिएका छन् ।

मारिनेहरूमा हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरू छन् । १८९ जनाजति घाइते रहेका दिल्लीस्थित गुरु तेगबहादुर अस्पतालका अधिकारीहरूले बताएका छन्, जहाँ धेरैजसो घाइते उपचाररत छन्।

विरलै हुने एक घटनामा दिल्लीस्थित उच्च अदालतले मध्यरातमा सुनुवाइ गर्दै, हिंसामा घाइते भएकाहरूलाई सुरक्षित रूपमा नजिकका अस्पतालहरू पुर्याउने वातावरण बनाउन सरकार र प्रहरीलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मणिपुरमा फेरि तनाव, पाँच जनाको मृत्यु

भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । युद्धग्रस्त

आतङ्कवादलगायतका बहुआयमिक चुनौती सामना गर्न इन्टरपोलको सहयोग आवश्यकः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयमिक चुनौती

धनुषाको मिथिलामा दश जोडीले गरे दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह

धनुषाधाम । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका

गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ ।