पर्यटनमन्त्री भट्टराईलाई पत्र



प्रिय योगेशजी,
इरानका उपस्वास्थ्य मन्त्री नै कोरोना भाइरसबाट सङ्क्रमित भएको खबर आयो । चीनभित्रै हुँदा ज्यादै थोरै रहेको भनिएको मृत्युदर पनि अन्य देशमा उल्लेख्य रूपमा धेरै देखियो ।
फ्रान्सको पर्यटन उद्योग आधाले घटिसक्यो । चीनमैं आर्थिक गतिविधि र औद्योगिक उत्पादन ठप्प हुँदै गएको देखिन्छ । वर्ल्ड मोबाइल कंग्रेसदेखि भेनिस कार्निभलसम्मका ठूला कार्यक्रम स्थगित भए । जताततै शेयर बज़ार ओरालो लागेका छन् । विश्वभर गम्भीर जनस्वास्थ्य सङ्कट र आर्थिक मन्दीका सङ्केत देखिन थाले ।

चीनभन्दा १० हजार किलोमिटर टाढ़ा रहेका देशले जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सङ्क्रमणसँग जोगिने र लड्ने तयारी शुरू गरेका छन् । हस्पिटलदेखि सार्वजनिक ठाउँसम्म कसरी भाइरसबाट सुरक्षित हुने भन्ने सूचनाहरू राखिएका छन् । आपत्कालीन अवस्थाका लागि भनेर मास्क र औषधिको जोहो शुरू भएको छ । धेरै देशले सीमामा कडाइ गर्दै गएका छन् । यो अब विश्वकै आपत्कालका रूपमा विकास हुँदै छ ।

चीनसँग सीमा जोडिएको देश हुनुले अन्यभन्दा हामी अझ बढ़ी ‘रिस्क जोन’मा छौं । हामीसँग रोकथाम र लड्ने पूर्वाधार पनि कम छ । हामीसँग भरपर्दो प्रयोगशाला पनि ज्यादै न्यून छन् । यस्तो गम्भीर समय र विषयमा नेपाल कोरोनामुक्त देश भएकाले भ्रमण गर्नुहोस् भन्ने विज्ञापन चीनलगायतका विदेशी मिडियामा देखाउनु जस्तो असंवेदनशील र अनुत्पादक काम के होला र ? यसले देशको छविलाई एउटा मजाक बनाउनुबाहेक थप के गर्ला र ? युवा भनिएका र आश गरिएका तपाईंजस्ता मन्त्रीको भिजन यस्तो नहुनुपर्ने हो ।

नेपालमा आजसम्म सङ्क्रमण नदेखिनु राम्रो हो । यसको अर्थ हामी सङ्क्रमणको जोखिमबाट मुक्त छौं भन्ने होइन । त्यसै पनि हामी हाम्रो प्रविधि, पौरख या शक्तिले कोरोनामुक्त भएका होइनौं । हामी सङ्क्रमणमुक्त छौं, त्यसैले घुम्न आऊ भन्नु त यो समस्यासँग जुधिरहेका देशहरूलाई गिज्याउनुजस्तै हो । योगेशजी, पर्यटन, व्यापार या उद्योगभन्दा पहिले जनस्वास्थ्य आउँछ ।

आज हामी कोरोनामुक्त छौं भनेर प्रचार गर्ने र भोलिपल्ट तिनै देशसँग कोरोनाविरुद्ध लड्न आर्थिक सहायता माग्न पर्ने अवस्था आयो भने के होला ? एक हप्तामा हजार शैय्याको अस्पताल बनाउन सक्ने चीनमा त बेड नपाएर बिरामी मरेका खबर आउँछन्, हाम्रा हस्पिटलमा सङ्क्रमितलाई अलग्गै राख्न सक्ने ‘साइड रूम’हरू कति होलान् ? चीनका सङ्क्रमण नभएका विद्यार्थी लिन त नेपाली पाइलट जान मानेनन् भन्ने सुनियो । नजिकका गाउँलेले घर छाड़े । भोलि यो सङ्क्रमण अलिकति बढ्ने बित्तिकै नेपाली डाक्टर र नर्स डरले गर्दा घरै बसे भने के होला ? यस्तो नहोला, तर सरकारले त यस्तो सोचेर तयारी गर्नै पर्छ ।

त्यसैले तत्कालका लागि पर्यटन वर्षका सबैखाले खर्चिला, भड्किला र असंवेदनशील विज्ञापन र कार्यक्रम स्थगित गरेर यो सम्भावित आपत्कालसँग लड्ने पूर्वाधार विकासमा खर्च गर्न नागरिक सुझाब प्रस्तुत गर्दछु । भ्रमण वर्ष नै स्थगित गर्नु जरूरी छैन, तर नेपाल भित्रिने पर्यटकहरू सँगै सङ्क्रमण पनि नभित्रियोस् भन्नका लागि तपाईंको तदारुकता र सक्रियता जरूरी छ । देशले एक अर्ब कमाउनुभन्दा सम्भावित दुर्घटनाबाट एउटा ज्यान जोगाउन सक्नु तुलनै गर्न नमिल्ने गरी माथि हुन्छ र हुनुपर्छ ।

नारायण गाउँले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ