प्रधानमन्त्रीलाई विवादमा ल्याउँदा देश विभाजित हुन्छ



डा. युवराज संग्रौला ।
समयका बारेमा पूर्व र पश्चिममा फरक फरक धारणा छन् । पूर्वमा समयलाई चक्रका रूपमा हेरिन्छ । यो कहिले पनि सकिंदैन, दोहोरिन्छ निरन्तर । तर समय दोहोरिन्छ भन्दा, घटना पनि दोहोरिन्छन् भन्ने होइन । यस अर्थमा, मेरो “हिजो“ “आजका“ रुपमा पुनरावृत्ति भएको हो । यो नयाँ होइन, परिपक्वता मात्र हो । यदि मैले हिजोलाई बिदा गरें भने मेरो अस्तित्वलाई मैले कमजोर बनाएको हो । मेरो आजको सफलता हिजोको निरन्तरता मात्र हो ।

भागवत गीतामा कर्मको कुरा छ । कर्म भनेको “कारण“ हो । म जे कारणलाई सक्रिय पार्छु, परिणाम त्यही आउने हो । बुद्धले यसलाई अझ परिस्कृत गरेर कारणको सिद्धान्त निर्माण गरे । उनले कारणले परिणाम जन्माएपछि, त्यो परिणाम कारणमा रुपान्तरण भै अर्को परिणाम सिर्जना गर्छ, र यसरी परिवर्तन निरन्तर हुँदै त्यसबाट विकास (इभोलुसन) निशर्त हुन्छ भनी बताए । यसर्थ समय आपसमा अभिन्न रुपले जोडिएको हुन्छ ।

“समयको यस मान्याता अनुसार हामी हिजो सकिएको र आज स्थापित भएको दिनको होइन आज सकिएर भोलि पुनारावृत्ति हुने दिनको शुभकामना वा रचनात्मकताको कामाना गर्छौं । जन्मदिनको अर्थ यो हो हाम्रो संस्कृतिमा । संस्कृति परिवर्तन हुन्छ । केक काटे हुन्छ । तर केक किन काटेको हाम्रो संस्कृति नराम्रो वा दर्शनहिन वा अधारहिन भएर ? यदि त्यसो भएर हो भने ठिक छ । तर पश्चिमी संस्कृति राम्रो भएको ठानेर हो भने त्यसले नेपाली संस्कृति समाप्त पार्छ।

पश्चिमी दर्शनले समयलाई सीधारेखा मान्छ । यो शुरु भएपछि आजसम्म निरन्तर आइरहेको छ र पहिलाको समाप्त भै नयाँ शुरु हुन्छ । त्यसैले केक काटेको हिजो सकिएको समयलाई बिदा गरेको हो । यसले मेरो बिगतसँग मलाई फरक गर्छ । उनीहरुको मान्यतालाई हामीले इन्कार गरेको छैन । तर पश्चिमले पूर्वको मान्यता मिस्टिक छ भन्छ । हामी समयलाई बेवास्ता गर्छौ भन्ने आलोचना पनि छ । तर त्यो हाम्रो दर्शनका कारणले होइन, उपनिवेशको देन हो । उपनिवेशमा रैथाने जनतालाई पाहिला आइपुग्ने अधिकार थिएन । पहिला गोरा मानिसहरु प्रवेश गर्थे र रैथाने अन्तमा प्रवेशगरि पछाडि बस्थे । उपनिवेशले निर्माण गरेका थुप्रै भेदभावलाई हामीले संस्कृति ठान्यौं । गालामा केक कुकुरलाई चटाउन हो भनी लेखेको पांएँ । हाम्रो त यस्तो परमपरा छैन ।

हाम्रोमा जन्मदिन भोलिका लागि सुखद कामनाका लागि हो । आमाबुबाले टीका लगाएर आशिर्वाद दिएपछि लड्डु खाने हो । सेलरोटी गोलो हुन्छ, त्यसैले जन्मदिनमा सेलरोटी खाने हो । जन्मदिनमा आमाको हातको, आमा नभए भाउजुको दिदीको हातको, श्रीमती र श्रीमानको हातबाट खाने हो । यो आशिर्वाद हो । बहिनी भाइ छोरीछोराको चैं स्नेह हो ।

हाम्रा नेताहरू ६० किलोको माला, विशाल केक, ठूलठूला दलबल किन चाहनु हुन्छ ? उहाँहरु त जनताका लागि उदाहरण हुने हो नि ! के कम नेपालको नक्सा काट्नु हुने कि नहुने बहस चल्यो । एकथरी संसारभरीका उदाहरण राख्दै छन् । अर्काथरी मुटु चिरिएको कथा लेख्दै छन् । यी दुबै आग्रही र पुर्वाग्रही छन् । यथार्थ के हो ? हामी चीन र भारतका बीचमा अस्तित्वको जोखिम महसुस गर्छौं ।

त्यसैले केकलाई नेपाल बनाएर काट्दा अस्वाभाविक लागेको हो । यो आलोचना भन्दा सम्झाउने कुरा हो । गर्ने ले पनि यस्ता कुरामा ध्यान दिनुपर्छ । प्रधानमन्त्रीलाई धेरै पटक नाजायज विवादमा ल्याउने काम भयो । केपी ओलीलाई बुझ्ने र प्रधानमन्त्रीलाई बुझ्ने कुरा फरक हुन् । प्रधानमन्त्रीलाई विवादमा ल्याउँदा देश विभाजित हुन्छ । प्रधानमन्त्रीका नीति र बिचारको बिरोध गर्न पाइन्छ । जन्मदिन प्रधानमन्त्रीको होइन केपपी ओलीको हो । समाचार लेख्नेले प्रधानमन्त्रीको जन्मदिन लेखेपछि अल्पज्ञान कति रहेछ भन्ने पनि बुझ्नुपर्छ अब ।

राष्ट्र मरोस् बरु मेरो स्वार्थ पूरा हुनुपर्छ भन्ने अराजक मानसिकता त पशुपतिका फुल लुट्ने र पर्खाल चढ्नेले देखाएका छन् । हामीमा सिभिक सेन्स छैन । जो सुकैले सत्ता चलाए पनि उस्तै हो । त्यसैले एउटा समृद्ध विचारको निर्माण र त्यसकै आधारमा देशलाई अगाडि लाने सपना निर्माण गर्ने कुरा अबको बाटो हो जस्तो लाग्छ । बिरोधले भत्काउँछ बनाउँदैन । निर्माणले नयाँ बनाउँछ र पुरानालाइ भत्किन बाध्य गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ