रुलिङ पोजिसनमा पुर्याउनुको अर्थ लुटका लागि होइनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन गर्दै प्रधानमन्त्री ओलीले सुशासनका लागि चाल्ने कदममा आफू नहिचकिचाउने बताएका हुन् ।

प्रधानमन्त्रीले स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने बताए । जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पुर्याउनुको अर्थ लुटका लागि नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले रुलिङ पोजिसनमा पुर्याउनुको अर्थ लुटिङ फ्यासलिटी नभएको बताए ।

प्रधानमन्त्रीले यहि गतिले अघि बढ्यो भने प्रधानमन्त्री पद धरापमा पर्ला भनेर धेरैले भन्ने गरेको उल्लेख गर्दै भन्दै त्यसमा आफूलाई चिन्ता नभएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने होइन, एउटा सिस्टम बसाउने हो । हजार वर्ष कसैले पनि रुल गर्दैन । जतिसुकै सफल भएपनि प्रकृतिले धेरै लामो समय रुल गर्न दिँदैन, मान्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आतङ्कवादलगायतका बहुआयमिक चुनौती सामना गर्न इन्टरपोलको सहयोग आवश्यकः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयमिक चुनौती

धनुषाको मिथिलामा दश जोडीले गरे दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह

धनुषाधाम । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका

मन फराकिलो बनाएर संवाद गरे नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र  सहनशील  भएर संवाद गरेमा

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष प्रचण्ड’

  काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको