राजतन्त्र नै सधैंका लागि विदा गर्ने ज्ञानेन्द्र शाहको त्यो कदम



विष्णु रिजाल ।

आज माघ १९ । १५ बर्षअघि आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्रले आफ्ना दाजु वीरेन्द्रले ०४६ सालको जनान्दोलनका कारण जनतासँग गरेको सम्झौता भंग गर्दै निरंकुशता लादेका थिए । दलहरूको सरकार अपदस्थ, नेताहरूको गिरफ्तारी, संचारमाध्यममाथि सेन्सरसीप, सभासम्मेलनमा प्रतिबन्ध, टेलिफोन-इन्टरनेट बन्द गर्दै बुबाका पालाका पुरातात्विक, मण्डले र जनताले नचिनेका मान्छेहरूलाई अघि सारेर सेनाको आडमा निरंकुशता थोपर्न ज्ञानेन्द्रले ‘कु’ गरेका थिए ।

राजावादीहरू जनमत र जनअधिकारको खिल्ली उडाउन ‘गणतन्त्र विदेशीले ल्याइदिएको’ भनेर हुर्मत लिन रमाउँछन् । म ठोकेर भन्छु- नेपालमा गणतन्त्र ज्ञानेन्द्रको ०६१ माघ १९ को आत्मघाती, निरंकुश र समयको प्रवाह विपरीतको कदमका कारण यति छिटै आएको हो ।

राजा संविधानको सीमाभित्र रहँदासम्म मूलधारका दलहरू (कांग्रेस-एमाले) ले राजतन्त्रसँग सहकार्य गर्दै त्यसमाथि कहिल्यै प्रश्न उठाएका थिएनन् भने विद्रोही माओवादीले ‘अघोषित सहकार्य’ बाट अघि बढेर घोषित सहकार्यका लागि आन्तरिक सम्वाद गरिरहेको थियो । यस्तो अवस्थामा ०१७ साल फर्काउने ज्ञानेन्द्रको कदमले उनलाई मात्र डुबाएन, राजतन्त्रलाई नै सधैंका लागि विदा गरेको विश्लेषण नै यथार्थ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको खेतीयोग्य जमिनको ५० प्रतिशत माटो अम्लिय

काठमाडौँ । नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको देखिएको

चीनका पूर्वराष्ट्रपति जियाङको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति

माओवादी अध्यक्ष प्रचण्ड र सीके राउतबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष

सिके राउतले कांग्रेससँग संघीय र प्रदेश सरकारमा सहकार्य गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता