चीनमा कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु, चार हजार भन्दा बढी सङ्क्रमित



चिनियाँ अधिकारीहरूले नयाँ कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु भएको र ४,००० जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन्।

यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ। भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ।

चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र मङ्गलवारसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना भएका छन्

चीनका केही मुख्य शहरहरूले सार्वजनिक यातायात बन्द गरेका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ। अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ।

अन्य थुप्रै देशहरूले चीनमा यात्रा नगर्न सुझाव दिनुका साथै त्यहाँ फँसेका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन योजना बनाएका छन्। चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो

पार्टी विभाजनविरुद्ध उपेन्द्र यादव पक्ष अदालत जाने

काठमाडौं । पार्टी विभाजनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अदालत जाने

प्यालेष्टाइनको  राष्ट्रसङ्घको पूर्ण सदस्यतालाई चीनले समर्थन गर्ने

  चीनका राष्ट्रपति सी जिनपिङले सबै पक्षसँग गाजा पट्टीमा तत्काल, व्यापक र स्थायी

श्रीलङ्काको मन्त्रिपरिषद्द्वारा चीनको सहयोगमा सामान्य शिक्षाको डिजिटल रूपान्तरणलाई अनुमोदन

श्रीलङ्काको मन्त्रिपरिषद्ले चिनियाँ सरकारको सहयोगमा सामान्य शिक्षाको डिजिटल रूपान्तरणको प्रस्तावलाई अनुमोदन गरेको सरकारको