प्राचीनभित्र आधुनिक मनोविज्ञान



डा. गोविन्दशरण उपाध्याय ।

आज भन्दा २५ सय वर्ष पहिला आचार्य विष्णु शर्माले बालबालिकालाई तल लेखिएको कुरा सिकाएका थिए –

मन्त्रे तीर्थे द्विजे देवे दैवज्ञे भेषजे गुरौ |
यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी ||

मन्त्र, तीर्थ, ब्राह्मण, देवता, औषधि र गुरूमा जस्तो विश्वास गर्यो तेस्तै फल प्राप्त हुन्छ वा परिणाम प्राप्त हुन्छ |

विचारणीय : आजको विज्ञान मान्छेका ५०% रोगहरू उसले प्रयोग गर्ने औषधिले होइन उसले प्रयोग गर्ने औषधि र औषधि दिने चिकित्सक प्रतिको विश्वासले निको हुने कुरा प्रमाणित गरेको छ | औषधिको ज्ञान सर्वसाधारणलाई हुँदैन | सर्वसाधारणले त चिकित्सकले दिएको औषधि खाने हो – विष होस् वा अमृत हामीले खान्छौं | यदि औषधिमा विश्वास भएन भने औषधिले कम काम गर्छ |

मन्त्रको अर्थ मनलाई त्राण अर्थात् सुरक्षाको अनुभूति गराउनु हो | विश्वभरी कुनै नकुनै रूपमा मन्त्रउपचार गरिन्छ | हरेक धर्ममा तीर्थाटनको व्यवस्था छ | मान्छेहरू तीर्थ गएर सन्तुष्टि प्राप्त गर्छन् | विश्वभरिनै कर्मकाण्ड गराउने विधि छन्, मान्छेले ती कर्मकाण्डलाई नै संस्कारका रूपमा लिन्छन् | सभवत: “पहिचान” भनेकै यसैले निर्धारित गर्छ | यदि गुरूमा विश्वास छ भने गुरूप्रतिको समर्पणले उद्देश्य प्राप्तिमा सहज हुन्छ |

मान्छेको जीवन विज्ञान, ज्ञान, साम्यवाद, पूंजीवाद, समाजवाद वा एउटा धर्मले चल्दैन | खुसी, सन्तोष वा पूर्णताको विश्वासले मान्छेलाई जतिधेरै सन्तोष प्राप्त हुन्छ, अन्यबाट हुँदैन | विज्ञानले मान्छेको जीवन सरल अवश्य बनाएको छ तर “धेरै सम्पत्ति धेरै सुख”को आत्मघाती प्रतियोगिता सृजित गरेर मान्छेको जीवनलाई अत्याधिक तनावपूर्ण बनाएको छ |

मन्त्र, गुरू, देवता, तीर्थ, गुरू तथा ब्राह्मण कर्मलाई विज्ञानले अन्धविश्वास भनेर घृणा गर्छ तर आफै पनि विज्ञानको योग्यतामा आँखा चिम्लेर विश्वास गर्छ | शब्द बदलिए पनि आचार्य विष्णु शर्माले स्थापित गरेको प्रतिमान परिवर्तित हुनैसक्दैन | मन्त्र, गुरू, देवता, तीर्थ, गुरू तथा ब्राह्मणप्रतिको विश्वास र तेसबाट उत्पादन हुने मानसिक, बौद्धिक सन्तुष्टि अजेय रहने छ |

उपरोक्त तत्थ्य पण्डित विष्णु शर्माले २५ शय वर्ष पहिला नै बोलेका थिए | यो सकारात्मक मनोविज्ञान वा दर्शनशास्त्रको उत्पत्ति हो | विदेशीलाई गुरू थाप्नेहरूले एकपटक विचार गरूँन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा