सेनालाई राज्यले काम गर्न नदिएको हो भने स्पष्ट हुनुपर्छ



भरत दाहाल।
ईण्डियन सत्ताले पहिलो पटक कालापानीमा सेना परिचालन गरेको छ, त्यो पनि ’गोर्खा राईफल्स’का नाममा भर्ती गरिएका नेपालीहरुलाई । देशका नागरिकहरुलाई विदेशीका लागि भाडामा प्रयोग गर्न स्विकृति दिने दलाल नीतिको नतिजा अब देखिंदैछ । नेपालका विरुद्धमा नेपालीहरुलाई लडाउने यो घृणित रणनीतिका बारेमा किन बोल्दैन सरकार, सेना र दलमा बसेका ईण्डियन भरियाहरु ?

नेपाल विरुद्ध नेपालीहरु प्रयोग गर्न पाईन्छ ? विदेशीहरुको यस्तो अपराधमा पनि नबोल्नेहरुलाई नेपाली भन्न सकिन्छ ? एउटा साम्राज्यवादीलाई नीति, नियम, कानून, कुटनीति, नैतिकता, शिष्टाचार केही नचाहिने तर यहाँका कौडीका भरीयाहरुलाई मात्र चाहिने ? सत्ता दलालहरूको कृयाकलापका कारणले यहाँको सेना राजपरिवारको हत्या गर्न र शान्ति मिशनका नाममा विदेशीका लागि लड्न मात्र संगठित गरिएको अर्थ लाग्दैछ ।

सेनालाई सुझाव
राष्ट्रियताको सवालमा सेना फस्दैछ । देशको विष्फोटक परिस्थितिलाई यसले बुझ्न कोशिस गरेको देखिएन । आफूले खेल्नु पर्ने उचित भूमिका नखेल्ने हो भने यसको विघटन हुने कुरा निश्चित छ । विदेशीहरुले दलहरुलाई पनि गैरजिम्मेवार बनाएर अलोकप्रिय बनाउँदै समाप्त पारेका थिए । कसैको अस्तित्व सक्नु भन्दा पहिले त्यसलाई भूमिका विहीन बनाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहलगाममा भएको आतंकवादी आक्रमण ‘वसुधैव कुटुम्बकम्’ को आदर्श विपरीतको अपराध कर्मः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति गहिरो

सहकारी ठगीमा कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । प्रहरीले शनिबार

नेताहरू अलोकप्रिय र पूर्वराजा लोकप्रिय किन ?

-डा. गोविन्दशरण उपाध्याय । राजा ज्ञानेन्द्र नेपालका पूर्व राष्ट्रप्रमुख हुन् । लोकतन्त्रपछि उनी

वर्तमान समयमा लोकप्रियतावाद हावी भयो, यसले सत्य थाहा हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै