किन लिनु पर्यो नेपाली सेनाले इजरायली सेनाबाट तालिम ?



भरत दाहाल
नेपालको सेना शान्ति मिसनका लागि सबैभन्दा अब्बल भएको कथा सुनिन्छ तर यही अब्बल सेनाले भए नभएका देशहरुसँग तालिम लिईरहेको देखिन्छ । अमेरिका, इजरायल, बेलायत, ईण्डिया, चीन सबैसँग तालिम लिनु पर्ने सेना के कुरामा अब्बल हो ? देशको भूमि विदेशी आक्रमणबाट रोइरहेको छ, सेना कसका लागि कर्तव्यनिष्ठ हो ?

हुँदाहुँदा यहाँको सेनाले इजरायलबाट तालिम लिन थालेको छ । इजरायल अमेरिकाको षड्यन्त्रकारी मोर्चा हो । अमेरिका पाकिस्तानसँग सिधै देखिन नचाहेर काश्मीर घटना घटाउन इजरायललाई प्रयोग गरेको छ । अमेरिकाले नेपालमा मुजाहिद्दिनहरुको आक्रमणको खतराको हौवा चलाएर इजरायललाई सकृय बनाएको यथार्थता बुझ्न कुनै कठिनाई छैन ।

मुस्लीम जेहादीका बहानामा विश्वमा सबैभन्दा सकृय देश इजरायल हो । नेपालमा इजरायलले अमेरिकाले परिकल्पना गरेका मुजाहिद्दिनहरुका बहानामा हिंसा गराउने सम्भावना छ। नेपाली सेनामा इजरायलको प्रवेशको घटना अमेरिकाको ’ईण्डो(प्यासिफिक रणनीति’ अन्तर्गत् शक्ति केन्द्रिकरणको योजनाको एउटा हिस्सा हो भन्ने तथ्यलाई नभुलौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भिजिट भिसा प्रकरणः प्रधानमन्त्री ओली, देउवा र गृहमन्त्री छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश

राजावादीको आन्दोलन र ओलीको निर्देशन

-ऋषि कट्टेल । कथित राजावादीको आन्दोलन र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले

बुटवलको कालिकानगरमा एकै परिवारका तीन जनाको हत्या, एकजना पक्राउ

बुटवल । बुुटवलको कालिकानगरको होराइजन चोकस्थित मिलिजुली पथमा एक युवकले एक महिला र

बजेटमा हिमाल देख्न पाइयोस्

सम्माननीय प्रधानमन्त्री, केपी शर्मा ओलीज्यू, ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ रामकृष्ण ढकालको