समस्या नै स्वीकार नगरेपछि कसरी हुन्छ समाधान ?



नारायण गाउँले

दिल्ली र काठमाडौं दुबै विश्वकै प्रदूषित शहरमा पर्दछन् तर शासकीय दृष्टि भने कति फ़रक छ;
दिल्ली सरकारप्रमुख केजरीवालले दिल्ली ‘ग्यास च्याम्बरजस्तै बनेको र यसले जनस्वास्थ्यमा गम्भीर खतरा पुऱ्याइरहेको’ बताउँदै नागरिकसँग बारम्बार माफी माग्छन् । कम्तिमा प्रदूषण छ भन्ने र त्यसले नागरिकको स्वास्थ्यलाई ठूलो क्षति पुऱ्याइरहेको छ भन्नेमा सरकार स्पष्ट देखिन्छ र सक्दो रोकथामका उपाय पनि अपनाएको छ । संसददेखि अदालतसम्मले यसलाई गम्भीर मुद्दाका रूपमा उठाउँदै आएका छन् ।

दिल्ली सरकारले यतिबेला स्कुले विद्यार्थीहरूलाई झन्डै पचास लाख मास्क निःशुल्क वितरण गर्ने कार्यक्रम नै चलाएको छ र आम नागरिकलाई घरभित्रै बस्न र बाहिर निस्किँदा गुणस्तरीय मास्क प्रयोग गर्न सार्वजनिक आग्रह गरेको छ । उसले N95 मापदण्डका प्रदूषण-प्रतिरोधी मास्कहरूको स्थानीय तहमैं सस्तोमा उत्पादन गरेको छ ।

बजारमा खुद्रा मूल्य दुई सय रुपियाँभन्दा माथि रहेका मास्कको स्थानीय रूपमैं उत्पादन गर्दा ३० रुपियाँभन्दा कम मूल्य तिरिएको छ ।

काठमाडौंको अवस्था पनि त्यस्तै घातक छ । खतराको तहभन्दा निकै उच्च रहेको वायु प्रदूषण रोक्नका लागि कसैको चासो र चिन्ता देखिन्न । जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यस्तो प्रदूषणको सम्बोधन भन्दा पनि ‘प्रदूषण नै नभएको’ साबित गर्नेतिर हाम्रो राज्य संयन्त्रको जोड़ रहेको त होइन भन्ने भान हुन्छ ।

मेयरदेखि प्रधानमन्त्रीसम्मले काठमाडौंको प्रदूषणबारे चिन्ता व्यक्त गरेको सुनिन्न । यसले काठमाडौंवासीको स्वास्थ्यमा पारेको गम्भीर असरप्रति माफी मागेको पनि देखिन्न ।

कम्तिमा प्रदूषणबाट बच्ने उपाय र चेतना फैल्याउने, गुणस्तरीय मास्क प्रयोग गर्न सुझाब दिने र बजारमा बिकिरहेका या आयात हुने मास्कको गुणस्तर निर्धारण गर्ने जस्ता काम गर्न सकिन्थ्यो तर स्वास्थ्यजस्तो गम्भीर इश्युमा समेत सरकारले ईगो राखेर उल्टै मास्क लगाउनु नपर्ने खालको सन्देश दिने गरेको छ ।

समस्या नै स्वीकार नगरेपछि समाधानको झन्झट पनि भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर छलिको अभियोगमा व्यवसायीमाथि तीन करोड ११ लाख असुलउपर गर्न माग गर्दै मुद्दा दर्ता

लुम्बिनी । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही

पहिले कुलमानलाई उठाएन दिएनन्, उर्जामन्त्री अहिले भन्छन्-‘डेडिकेटेड र ट्रङ्कलाइन’को बक्यौता उठाउने जिम्मा नियमन आयोगको

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड र ट्रङ्कलाइन’मा देखिएको विवाद

भारत र पाकिस्तान तनावपछि नेपालले भन्यो-नेपाल आतंकवादविरुद्धको लडाइँमा सबैसँग मिलेर उभिन्छ

काठमाडौं । नेपालले भारतको पहलगाममा अप्रिल २२ मा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि

रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । काठमाडौंको तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ