आफ्नै देशको बन्न सकिएन भने अर्काको कसरी बनिएला ?



डा. युवराज संग्रौला ।
आजसम्म राजा, नेता र नेताका जागिरे सल्लाहकारलाई बोलेर, भनेर र लेखेर बुझाउन नसकेको एउटा कुरा हो यो देशमा “देशमा अति ज्यादा विदेशीहरुको प्रपन्च भयो“ त्यसलाई करेक्सन गरौं । जति पनि विवाद आज छन्, जसरी नेताहरुका शाखमा आक्रमण भयो, कहिँ न कहिँ यहि कुरा छ । देशका विद्वानहरुको पनि यहि हालत हो । यसलाई लेख्ने र बोल्ने मानिस पनि उस्तै भए ।

१. रादूतावासका पार्टी खान पत्रकार, वकिल, बुद्धिजीवी जानै पर्ने ? किन र खान पाको छैन ? विदेशीको जुठो खान पनि नछाड्ने, हामी राष्ट्रवादी हुन पनि नछाड्ने । अहिले भर्खर केही पत्राचार साथीहरू भारतीय राजदुताबासमा भोज खाएर आउनु भो भनेर सामाजिक संजालमा आयो । त्यहाँ नाम हुनेहरु माथी मेरा अस्थाका मित्र हुनुहुन्छ । मलाई पीडा भएको छ । देशमा एउटा गम्भीर मुद्दा उठिरहेको बेला किन यस्तो भयो ? मैले पीडा अनुभूति गरेको छु । तपाइँहरु नगको हो भने, यो प्रचार देशलाई बरबाद गर्नेकै खेल हो । तपाइँहरु जानू भको हो भने, किन ?

२. नेताहरु तपाइँहरुलाई जासुसैले सिध्याए भन्छन् । मरेपछि सन्तानले सम्मान गरून्, लासमा झिंगा नभन्किउन भन्ने सोचौं । हामी आफैं देश चलाउन सिकौं । सकिन्छ। अहिले हामीले देश बनाउने हो । अहिले कांग्रेस कम्युनिष्ट भन्ने बेला होइन । नेताहरुले जोसुकैलाई राखेर काम लगाए हुन्छ। तर काबिल खोज्नु होस् । झोलेहरु नेताका छेउमा बसेर नेता बिगार्न बन्द गर । आफू हसुर्न नेता लडाउने यी फटाहा किन बोक्ने नेताले ? अब कि बोल्न पर्ने भयो, कि पुराना सम्बन्ध समाप्त गरेर पुराना मञ्च छोड्नु पर्ने अवस्था आयो । कति मनमनै रुने ?

. भारतसँग सम्बन्ध बिगार्नु हुँदैन । वार्ता गरौं । देशका हरेक नागरिकको सहयोग लिऔं । तर एक इन्च जमिन होइन, एक इन्च सार्वभौमसत्ताको कुरा हो । सार्वभौमसत्ता एक ढिक्का हुन्छ । यसरी बुझौं । तर्क र बिबेक प्रयोग गरौं। आवेश र उद्देलन होइन।

४. हामी नेपाली हुने हो भने हाम्रा मित्रराष्ट्रको सम्मान गरौं, ताबेदारी होइन । आफ्नै देशको बन्न सकिएन भने अर्काको कसरी बनिएला ? विदेशीलाई थाह छ, जो आफ्नो देशलाई धोका दिन्छ उसले उसलाई पनि धोका दिन्छ ।

५. राणा शासन सकिएको ७० बर्ष हुँदा पनि देशको स्वतन्त्रताकै चिन्ता गर्नु पर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव बुझे आफन्तले

  काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान

यस्ता  छन् चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नयाँ प्रावधान

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही

कोशी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार सरकारमा

सौर्य एयरका विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा