‘सीमा अतिक्रमण भएको क्षेत्रमा सेना र सशस्त्र प्रहरी पठाउनुपर्छ’



भरत दाहाल

ईण्डियासंग कुरा गर्नुभन्दा पहिले समस्याको प्रकृति बुझेर विकल्प सहित कदम चाल्नु पर्छ  । नेपाली भूमिमा हुँदै आएको ईण्डियन अतिक्रमणका आधारभूत कारणहरुलाई नबुझेर यसको समाधान गर्न संभव छैन। ईण्डियनहरुको मानसिकतामा घर गरेको कथित अखण्ड भारतको कुभावना, चीनका विरुद्ध उपयोग गर्न सकिने कालापानीको समरिक महत्व र दिल्लीबाट चीनतर्फ जानसक्ने सबैभन्दा छोटो दुरीको नाका भएका कारणले ईण्डियाले सो क्षेत्र अतिक्रमण गरेको हो।

यसर्थ, कर्मचारी वा मन्त्रीस्तरिय वार्तालाई ईण्डियाले सुन्दै सुन्दैन। सर्वप्रथम त्यस क्षेत्रमा सेना र सशस्त्र प्रहरी पठाउनु पर्दछ। त्यसपछि एकपटक मोदीसंग सिधै कुरा गरेर अन्तर्राष्ट्रिय अदालतमा जानुको विकल्प छैन। कुटनीतिक वार्ताको आवरणमा यसलाई लम्ब्याईरहने चाहना कसैको हो भने त्यो समस्या समाधान नगर्ने सोंच हो। समस्याको प्रकृति बुझेर मात्र अघि बढ्नु पर्छ।

कुनै पनि छिमेकिहरुप्रतिको यस्तो ईण्डियन गुण्डागर्दी भिडन्त नगरिकन समाधान भएको छैन। पाकिस्तानको त कुरै छाडौं बंगलादेशले पनि ईण्डियन अतिक्रमणलाई वार्ताबाट रोक्न नसकेर सैन्य भिडन्तमैं उत्रुनु परेको थियो। ईण्डियन सेनालाई ढालेपछि मात्र त्यो वार्तामा आयो र अतित्रलमित बंगला भूमिबाट पछाडि हट्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजीनामा दिने गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनको चेतावनी

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले राजीनामा दिने चेतावनी दिएका छन् ।

सुन, चाँदी र २९ लाख नगदसहित कोटेश्वरबाट श्रीराम ज्वेलर्सका संचालक पक्राउ

काठमाडौं । प्रहरीले सुन जस्तो देखिने धातु, चाँदी र झन्डै २९ लाख नगदसहित

हृदयेन्द्रलाई लिएर गए पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारका साथ नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह  नारायणधाम मन्दिरमा

रास्वपाले भन्यो-अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको