के साँच्चिकै बिचरा हुन् त हाम्रा सांसद्हरू ?



नारायण गाउँले

‘हाम्रो अवस्था दयनीय छ । हामीसँग आफ्नै जिल्ला र निर्वाचन क्षेत्रसम्म जाने पैसा पनि हुँदैन । सरकारले पैसा नै दिँदैन, हामीले जनताको सेवा कसरी गर्ने ? हाम्रो कुरा कसैले सुन्दैन । मैले त अमेरिका देखेकी पनि छैन । तपाईंहरूले सहयोग गर्नुभो भने अमेरिका देख्न पाइएला !’

नेपालका सांसद्ले अमेरिकी एनजीओका प्रतिनिधिसँग गरेको अन्तर्क्रियाको अंश हो यो । स्वर्गीय नेता जीवराज आश्रितकी पत्नी एवं सांसद् माया ज्ञवालीले आफूलाई अमेरिकामा तालिमको व्यवस्था गरिदिए आभारी हुने बताइछन् । एनजीओ, त्यसमा पनि अमेरिकी भनेपछि अन्य विषयमा छलफल गर्नुभन्दा सोझै आर्थिक विषयमा दुःखेसो राखे फाइदा हुने अनुमान गरिएको हुनसक्छ ।

तर, के साँच्चै सांसद्को तलब त्यति थोरै हुन्छ त ? नेपालमा आकर्षक र राम्रो मानिने शाखाअधिकृतको तलब ३६ हजार हुँदो रहेछ । सांसद्को शुद्ध तलब ६५ हजार हुन्छ जुन शाखा अधिकृतभन्दा झन्डै दोब्बर र प्रधानसेनापतिदेखि मुख्य सचिब बराबर हो । त्यसै पनि नेपालमा आवश्यकभन्दा धेरै बढ़ी सांसद् सङ्ख्या छ ।

तलबभन्दा बढ़ी त सांसद्को भत्ता र सुविधा नै हुन्छ । आवासदेखि टेलिफोन र यातायातदेखि बैठक भत्तासम्म जोड्दा यो एक लाखभन्दा बढ़ी हुन आउँछ । अझ तिनलाई स्वकीय सचिबको समेत सुविधा हुन्छ जसमा धेरैले आफ्नै छोरा, साला या नातेदारको नाम चढाएका हुन्छन् भने केहीले कसैलाई नियुक्त नगरी आफै तलब बुझ्छन् । त्यसमाथि आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न भनेर करोडौको सांसद विकास कोष छँदै छ ।

सांसद्लाई तलब दिइएको बैठक बस्न र नियमकानुन निर्माण गर्न हो तर हरेक पल्ट बैठक बसेबापत तिनलाई छुट्टै भत्ता दिनुपर्छ । अझ धेरैले त हाजिर गर्ने र भत्ता बुझ्ने तर बैठकमा सहभागी नहुने गर्छन् । संसदीय समितिमा सबैभन्दा बढ़ी गयल हुनेहरूमा शेरबहादुर देउबा, प्रचण्ड र माधव नेपालहरू नै पर्छन् ।

राजनीतिलाई समाजसेवा भनेर चर्को भाषण गर्ने र देशको सबैभन्दा धेरैमध्येको तलबभत्ता बुझेर पनि आफूलाई दयनीय बताउँदै विदेशी एनजीओ समक्ष विदेश लैजान अनुरोध गर्ने सांसद्हरूलाई ‘माननीय’ भनिरहनु जरूरी छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुर्खेत । दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना तीन जनाको  घटनास्थलमै मृत्यु भएको

‘प्रधानमन्त्रीज्यू, मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन, जो तपाईंलाई थाहा छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारलाई जनताको मुख थुन्ने भन्दा

चीनले तयार गरेको शान्ति योजनालाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिन्छः पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य

सरकारमा सहभागिताका विषयमा छलफल गर्न जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी