‘इण्डियामा चलिरहेका स्वतन्त्रता आन्दोलनहरुको पक्षमा नेपाली आवाज बुलन्द गरौं’



भरत दाहाल

लिम्पियाधुरादेखि, लिपुलेक र कालापानी ईण्डियाको भएको ईण्डियन दाबि हो भने
काश्मीर, खालिस्तान र उत्तरपूर्वी ‘७ प्रदेशहरु’ स्वतन्त्र राष्ट्र हुन् भन्ने हाम्रो दाबि छ
इण्डियामा चलिरहेका स्वतन्त्रता आन्दोलनहरुको पक्षमा नेपाली आवाज बुलन्द गरौं

कालापानी र लिपुलेक क्षेत्रलाई आफूतिर हालेर नक्शा प्रकाशित गरेको ईण्डियाले नक्शामा आफ्नै भूभाग मात्र समेटेको भनि दिएको स्पष्टिकरणले के देखाउँछ भने त्यसले कालापानीसम्मलाई आफ्नै भएको स्पष्ट अडान देखाएको छ। यहाँका तलुवाहरुले कुटनीतिक प्रयासका पागलपूर्ण प्रलापहरु जति दोहर्याए पनि ईण्डियाले यसलाई स्विकार गर्ने संभावना छैन।

इृण्डियनहरुको उक्त भूभाग नछोड्ने र दलालहरुले अर्थहिन कुटनीतिको फाल्तु गफ मात्र गरिरहने कुराले समस्यालाई ज्यूँका त्यूँ राख्ने बाहेक अरु केही काम गर्दैन।

सरकारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्छ भने मात्र यसमाथि विश्वास गर्न सकिने केही आधार हुन्छ। अन्यथा कथित कुटनीति नेपालीहरुलाई रुमल्याउने नारा मात्र हो। अन्तर्राष्ट्रिय कानूनले भूपरिवेष्ठित देशहरुलाई समुद्रसम्म पुग्नका लागि दिएको अधिकार कार्यान्वयन गर्न नमान्ने, समुद्रसम्म पुग्ने बाटो रोकेर पटक पटक नाकाबन्दी लगाउने र आफ्ना देशका नागरिकहरुलाई नागरिकता दिनु पर्छ भनेर नांगो रुपमाा धम्कि दिने दुष्टहरुसंग कस्तो व्यवहार गर्नु पर्छ भन्ने कुरा नेपालीहरुले सोंच्नु पर्ने समय आईसकेको छ।

विश्वभरी, नेपालमा र ईण्डियाकै अतिक्रमित क्षेत्रहरुमा ईण्डियन साम्राज्यवादका विरुद्धमा जनमत बनाउनु अहिलेको प्राथमिक कर्तव्य हो। अब हामीहरु काश्मीर र उत्तरपूर्वी क्षेत्रका अरुणाचल लगायत ७ वटै प्रदेशहरुको स्वतन्त्रताको पक्षमा उभिनु पर्छ।

ती कुनै पनि क्षेत्र ईण्डियाका अंग होईनन्। कर्णाटका लगायत दक्षिण ईण्डियाका प्रदेशहरु र खालिस्तानले पनि स्वतन्त्रताको पक्षमा आवाज उठाईरहेका छन्। यो आवाजलाई पनि हामीले समर्थन गर्नु पर्दछ। हिंस्रक साम्राज्यवादी शत्रुलाई कमजोर नबनाईकन हामी बाँच्न सक्दैनौं।

छिमेकिसंग कथित मित्रताको कोरा पाखण्डि गित गाउने दलालहरुका पछि लागेर बहकिनु छैन। कसैले नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्छ भने हामी पनि गर्छौं। तर कसैको गुलाम भएर त्यसको अखण्डताको पक्षमा हामीले गित गाउन सक्दैनौं।

यसो गर्नु चरम दलाली हो। ईण्डिया नामको दुष्ट देश कहिल्यै सुध्रँदैन। त्यो आफै पनि कसैको गुलाम हो। त्यसैले त्यसले अरुमाथि सम्मान गर्न जान्दैन। दक्षिण एशियामा स्थिरता र शान्तिका लागि ईण्डियामा उठेका स्वतन्त्रता आन्दोलनहरुको पक्षमा आवाज बुलन्द गर्नै पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिंहासनमा बसेर हिंसा भड्काउने अर्को अभिव्यक्ति

काठमाडौं । गत चैत १५ मा यो व्यवस्था उल्ट्याएर राजा फर्काउने भन्दै दुर्गा

चुनाव दुष्मनी र सहमति गरे टीका प्रथा भन्नु गलत होः बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमालेमा पार्टी जीवनभित्र हुने प्रतिस्पर्धालाई जटिल

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा

तानसेन (पाल्पा) । हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ ।

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

चितवन । न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय