‘नवनियुक्त प्रदेश प्रमुखहरु दृढ निष्ठाका साथ गणतन्त्र स्थापना गर्न लागिपरेका योद्धाहरू नै हुन्’



सूर्य थापा ।

सात वटै प्रदेश पालमा नयाँ नियुक्त हुने व्यक्तित्वहरूलाई हार्दिक बधाई ।
पदमुक्त गरिएकाहरुमा पनि धन्यवाद ।
नवनियुक्त व्यक्तित्वहरूमध्ये सोमनाथ अधिकारी प्यासी, अमीक शेरचन, धर्मनाथ यादव, तिलक परियार र गोविन्द कलौनी सबैको सम्मानित एवं वरिष्ठ व्यक्तित्व, विराट इतिहास र त्यागपूर्ण तथा कठोर संघर्षयुक्त विगत रहेको छ ।

बिष्णु प्रसाईंसँग को कसको कति चिनजान छ? मेरो व्यक्तिगत घनिष्ठता नभए पनि पहिलेदेखि नै चिन्दछु । अरू को कहाँको हुनुपर्ने थियो ? तर्कसम्मत बहस चलाउन सकिन्छ नै ।

तर प्रसाईं मेचीनगर नगरपालिकाको मेयरमा पछिल्लो पटक पराजित हुनुभएको थियो भन्ने नै यस पदमा नियुक्तिका लागि अयोग्यताको दृष्टान्त हुनसक्दैन । मेरो सिंगो जीवनभन्दा उहाँको राजनीतिक जीवन नै ५ बर्ष जेठो छ भन्ने मलाई थाहा छ । अर्थात्, ५० बर्ष लामो राजनीतिक जीवन भएको मान्छेलाई अयोग्य देखाउने तौरतरिकाचाहिँ शोभनीय होइन ।

शर्मिला त्रिपाठी- बेपत्ता परिवारको प्रतिनिधि भन्ने थाहा पाएपछि उहाँको नियुक्ति जायज र स्वभाविक महसुस भयो । महेश दाहाल र लक्की शेर्पाले राजदूतको नियुक्ति पाइरहेको स्थानमा प्रदेश पालमा शर्मिला त्रिपाठीको नियुक्ति राज्य र विद्रोही दुबैले अन्यायपूर्वक बेपत्ता पारेकाहरूले आफ्नो सम्मान भएको महसुस गर्नसक्ने छनोट हो । यो बेपत्ता योद्धा ज्ञानेन्द्र त्रिपाठीको पनि सम्मान हो ।

यस पदमा विगतमा कस्तालाई नियुक्त गरिएको थियो ? तुलनात्मक रूपमा हेर्ने हो भने प्रदेश पालहरू परिवर्तनको लागि आजीवन समर्पित र दृढ निष्ठाका साथ गणतन्त्र स्थापना गर्न लागिपरेका योद्धाहरू नै रहनुभएको छ ।

सबैमा बधाई र सफल कार्यकालको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले भन्यो-गणतन्त्रविरुद्ध हुने कुनै पनि अवाञ्छित गतिविधि सहृय छैन

काठमाडौं । नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने

रविन्द्र मिश्र र धवल शमशेर राणाविरुद्ध राज्यविरुद्ध, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दर्ता

काठमाडौं । चैत १५ मा काठमाडौंको तीनकुने घटनाका संलग्न भएको आरोपमा  जिल्ला अदालत

कर्मचारीलाई उर्जामन्त्रीको चेतावनीः फाइल अड्काउने काम नहोस्, कारबाही हुन्छ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक मस्तिष्क मृत्यु भएकाबाट प्राप्त कलेजो र मिर्गौलाको प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट