यसरी मारिएका थिए आइएस प्रमुख बग्दादी(भिडियोसहित)



अमेरिकी सेनाले इस्लामिक स्टेटका नाइके अबु बकर अल-बग्दादीको मृत्यु हुनेगरी आफूले गरेको कारबाहीका तस्बिरहरू पहिलोपटक सार्वजनिक गरेको छ।

स्थल कारबाहीका लागि अल-बग्दादी लुकेर बसेको परिसरतर्फ अगाडि बढ्नुअघि अमेरिकी फौजले तल रहेका लडाकुहरूलाई निसाना बनाएको भिडिओमा देखिन्छ।

अमेरिकी केन्द्रीय कमान्डर जेनरल केनेथ म्याक्केन्जीले आफ्ना फौज र आत्मघाती विस्फोट गराउन ‘आत्मघाती पोसाक’ लगाएको ठानिएका मानिस आमुन्नेसामुन्ने भएको बताए।

जेनरल म्याक्केन्जीका अनुसार अबु बकर अल-बग्दादीले एउटा सुरुङभित्र गएर विस्फोट गराई दुई बालबालिकासहित आफ्नो ज्यान लिए। यद्यपि राष्ट्रपति डोनल्ड ट्रम्पले भने जस्तै आलापविलाप गरी बग्दादी मरेको कुराको जेनरल म्याक्केन्जीले पुष्टि गर्न सकेनन्।

“दुई साना बालबालिकासहित उनी सुरुङमा पसे। आफ्ना अरू मान्छे माथि नै भएको बेला आत्मघाती विस्फोट गराए। यसैबाट तपाईँ थाहा पाउन सक्नुहुन्छ कि बग्दादी कस्ता मानिस थिए भनेर,” म्याक्केन्जीले बताए।

उनका अनुसार आत्मघाती पोसाक लगाएका चार महिला तथा एक पुरुष सो परिसरमै मारिएका थिए। अमेरिकी हेलिकप्टरमाथि गोली चलाएपछि अज्ञात सङ्ख्यामा लडाकुहरू पनि मारिएको उनले बताए।

सो कारबाहीमा गैरसैनिकहरूको मृत्यु नहोस् भनेर निकै ध्यान पुर्‍याइएको उनले बताए। बग्दादीको अवशेषलाई पहिचान गर्न आफ्नो शिविरमा ल्याइएको र त्यसपश्चात् त्यसलाई २४ घण्टाभित्रै ‘सशस्त्र युद्धको नियमानुसार’ समुद्रमा व्यवस्थापन गरिएको म्याककेन्जीले जनाए।

पेन्टागनका अधिकारीहरूले आईएस लडाकुले प्रतिशोधको भावनाले आक्रमण गर्न सक्नेबारे आफूहरू जानकार रहेको बताएका छन्। यद्यपि आफ्ना नाइके बग्दादीको मृत्युबाट उनीहरू तनावमा रहेको अधिकारीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनीताजीहरुले ‘स्टन्ट’ले मुलुक बन्दैन भन्ने बुझेको दिन हुनेछ पार्टी र देशको रूपान्तरण

-नारायण गाउँले । हरेक १० जना नेपालीमध्ये झन्डै तीन जनालाई एमाले मन पर्छ

आर्थिक मन्दीको जोखिमबीच रूसको प्रमुख ऋण लागत दर दुई दशकयताकै उच्च

मस्को । रुसको केन्द्रीय बैङ्कले बढ्दो मुद्रास्फितिसँग जुध्नका लागि दुई दशक यताकै उच्च

रुस र इरानबीच नयाँ ग्यास सम्झौता

मस्को । रूस र इरानबीच प्रतिवर्ष ५५ अर्ब घनमिटर ग्यास रूसबाट इरानमा ढुवानी

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता