महिलाले त गर्नैपर्छ योगाभ्यास, छुट्याउनुस् दिनको आधा घण्टा



डा. अरुणा उप्रेती ।

योग हाम्रो मौलिक संस्कृति हो। यो पूर्वीय दर्शनको उत्कृष्ट उपहार पनि हो। ऋषिमुनिले दिएको अमूल्य वरदान हो। जीवनलाई प्रकृतिसँग जोड्ने कला हो। जीवनशैलीलाई प्रकृतिमैत्री बनाएर स्वस्थ रहने उपाय हो।

आजभोलि कामको सिलसिलाले गर्दा धेरै समय एउटै स्थानमा रहेर काम गर्ने, लामो समयसम्म कम्प्युटरमा व्यस्त रहने लगायत कारण ढाड–गर्दन–हातका औँलाहरू दुख्ने जस्ता समस्या साझा बनेका छन्। राम्रोसँग योग गर्ने हो भने यी समस्याबाट पनि मुक्ति पान सकिन्छ। योगले हाम्रो बोली व्यवहारलाई पनि सकारात्मक बनाउँछ।

कतिपय मानिस भन्ठान्छन्, महिलाहरू बिहानदेखि बेलुकीसम्म काममा व्यस्त रहन्छन्। त्यसैले किन योग गरिरहनु पर्यो? महिलाहरूको शरीरको संवेनशीलताका कारण पनि उनीहरूलाई योग आवश्यक छ।

कतिपय महिला ‘घरगृहस्थीको कामले भ्याइँदै भ्याइन्न कुन समयमा गर्नु योग’ भन्ने गर्छन्। म सधैँ भन्ने गर्छु, ‘आफ्नो लागि समय निकाल्नुस्। फुर्सद पाइनँ। स्वस्थकर खान पाइनँ भनेर नभन्नुस्। आफ्नो लागि आफैँ गर्ने हो। बिहान, दिउँसो, साँझ जुनुुकै समयमा भए पनि योग गर्नुस्।’

योग गर्न बाहिरै जानुपर्छ भन्ने छैन। आफ्नै घरमा एउटा कोठामा रहेर पनि योगासन गर्न सकिन्छ। दरी वा बाक्लो कपडा बिछ्याएर त्यसमा मजासँग योगासन गर्न सकिन्छ। केबल आधा घण्टा नियमित रूपमा योगाभ्यासलाई समय दिनुस्। आफ्नो शरीरमा, बोली व्यवहारमा साँच्चै परिवर्तन आउनेछ।

बुझ्नुपर्ने एउटा कुरा के भने, योग भनेको आममानिसले बुझेकोजस्तो शारीरिक अभ्यास मात्र होइन। खानपानमा पनि ध्यान दिनु हो। आनीबानी सुधार गर्नु पनि हो। योगासनले हाम्रो हड्डीहरूमा लचकता बढाउँछ। त्यसै पनि उमेर बढ्दै गएपछि हड्डीहरू कमजोर हुन थाल्छन्। यसलाई योगाभ्यासले कम गर्छ।

योगले शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि स्वस्थ राख्न मद्दत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गृहमन्त्रीः राष्ट्र बैंकको सूचक हेर्नुभयो भने सरकार कति ठिक ढंगले अघि बढेको छ देखिन्छ

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सरकारको कार्यशैली ठिक रहेको निष्कर्ष निकालेको छ

स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी

काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू

दुई करोड रुपैयाँ बराबरको सुनचाँदीसहित काठमाडौंबाट नौ भारतीय पक्राउ

काठमाडौं । प्रहरीले अवैध सुन र चाँदी जस्तो देखिने धातु र नगदसहित नौ

यस्ता छन् मन्त्रिपरिषद बैठकका २० निर्णय

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार पत्रकार