चीनले नेपाललाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने



काठमाडौं । चीन सरकारले नेपाललाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने भएको छ । चीन भ्रमणमा रहेका रक्षामन्त्री ईश्वर पोखरेल र चीनका रक्षामन्त्री वी फेङ्हीबीच आइततबार नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यसअघि नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी चिनफिङले सहायता उपलब्ध गराउने प्रंतिबद्धता व्यक्त गरेअनुसार आइतबार औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार चिनले मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्री उपलब्ध गराउने छ । सम्झौतापत्रमा हस्ताक्षर हुनुअघि उपप्रधानमन्त्री पोखरेल र चिनियाँ रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परिवर्तनकारी शक्तिबीचको एकता र गणतान्त्रिक शक्तिबीचको सहकार्य अपरिहार्यः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक

गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र

आयोजना बैंकमा यसवर्ष ९७ अर्बभन्दा बढी लागतका एक सय १७ आयोजना समावेश

काठमाडौं । राष्ट्रिय आयोजना बैंक (प्रोजेक्ट बैंक) मा यसवर्ष ९७ अर्बभन्दा बढी लागतका

पूर्वमन्त्री आलम कारागारबाट रिहा

काठमाडौं । उच्च अदालतबाट सफाइ पाएसँगै पूर्वमन्त्री अफताब आलम जेलमुक्त भएका छन् ।