चिकित्सा शिक्षा आयोगद्वारा एमबिबिएस र बिडिएसमा नयाँ शूल्क निर्धारण, उपत्यकामा एमबिबिएस अध्ययन गर्न ४० लाख २३ हजार रुपैयाँ



काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शूल्क निर्धारण गरेको छ । आयोगको असोज १ र ३० गतेको बैठकले शैक्षिक सत्रमा सञ्चालन हुने एमबिबिएस र बिडिएस कार्यक्रमका लागि नयाँ शूल्क निर्धारण गरेको हो ।

आयोगले उपत्यकामा एमबिबिएस अध्ययन गर्न ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिरका कलेजमा अध्ययन गर्न ४४ लाख ३६ हजार २५ रुपैयाँ शूल्क लाग्ने जनाएको छ ।

त्यसैगरी, बिडिएसका लागि उपत्यकामा र बाहिर समान २० लाख १९ हजार ५ सय ८० रुपैयाँ लाग्नेछ । सरकारले शैक्षिक सत्र २०७५/०७६ का लागि उपत्यकामा एमबिबिएसका लागि उपत्यकामा ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ, बिडिएसका लागि उपत्यकामा १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ निर्धारण गरेको थियो।

यस हिसाबमा अब एमबिबिएस पढ्न करिब २ लाख रुपैयाँ बढी लाग्ने भएको छ। बिडिएसमा भने करिब १ लाख महँगो पर्ने देखिएको छ । आयोगले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५ को मुद्रास्फितिका आधारमा नयाँ शूल्क कायम गरेको जनाएको छ।

त्यसैगरी, चिकित्सा शिक्षा ऐनको दफा १८(ख) अनुसार विद्यार्थीबाट लिइने एक तिहाइ रकम पहिलो वर्षमा र बाँकी रकम वार्षिक रुपमा किस्ताबन्दीमा लिइने जनाएको छ।

सोही दफाको (ग) मा विद्यार्थीले पहिलो वर्षको शुल्क सम्बन्धित विश्वविद्यालयमार्फत बुझाउनुपर्ने उल्लेख भएबमोजिम एक तिहाइ हुन आउने रकम काठमाडौं उपत्यकाभित्र १३ लाख ४१ हजार रुपैयाँ र उपत्यका बाहिर १४ लाख ७८ लाख ६ सय ७५ रुपैयाँ हुनेछ ।

बिडिएसतर्फ उपत्यकाभित्र र बाहिर समान ६ लाख ७३ हजार १ सय रुपैयाँ कायम भएकोले रकम विश्वविद्यालयमा जम्मा गरी सम्बन्धित कलेजमा पठाउने व्यवस्था गर्न पनि सम्बन्धित विश्व विद्यालयलाई व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

आयोगले चिकित्साा शिक्षाका स्नातक तहका एमबिबिएसरबिडिएस बाहेकका अन्य कार्यक्रम र विदेशी विद्यार्थीहरुको शुल्कका हकमा विश्वविद्यालय र प्रतिष्ठानले शैक्षिक सत्र २०७६र०७७ को शूल्कांकन र निर्धारणका आधार आयोगलाई जानकारी गराउन समेत भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक मस्तिष्क मृत्यु भएकाबाट प्राप्त कलेजो र मिर्गौलाको प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट

कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने व्यक्ति प्रचण्ड हुन्ः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको

यसवर्षको मनसुनबाट मुलुकमा २० लाख नागरिक प्रभावित हुने अनुमान

काठमाडौं। यसवर्षको प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ। यस वर्षको मनसुनबाट

सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन

काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका