प्रहरीलाई प्रधानमन्त्रीको निर्देशनः गैरकानुनी काम गर्ने जुनसुकै पार्टी र पदको भएपनि अनुसन्धानको दायरामा ल्याउनुहोस्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्नका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । ६४ औं प्रहरी दिवशका अवसरमा प्रहरी प्रधान कार्यलयले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले समाजमा प्रहरीको बहुआयामिक भूमिका हुने बताए । “समाजमा शान्ति कायम गर्न,सुशासन कायम गर्न,सामाजिक जनचेतना जगाउन प्रहरीको खास भूमिका हुन्छ” प्रधानमन्त्री ओलीले भने “नेपाल प्रहरी कै कारणले समाजमा शान्ति कायम भएको,अपराध घटेको छ ।”

प्रधानमन्त्री ओलीले देशमा राजनीतिक संघर्षको यूग सकिएर विकास र समृद्धिको युग सुरु भएको स्मरण गर्दै यसबेला विभिन्न बहानामा समाजमा हिंसा भड्काउन खोज्नेहरुसँग सरकार मुकदर्शक नबन्ने बताए ।

“आर्थिक उन्नती र विकासको अभियान सुरु भएको यस समयमा गलत मनशायका साथ हिंसाको बाटो मा लागेका र जनतालाई शान्तिसँग बस्न नदिनेहरु असंैवधानिक र देशद्रोही हुन्” प्रधानमन्त्री ओलीले भने “उनीहरुका अगाडी सरकार मुकदर्शक बन्दैन । कानुन बमोजिम कार्यवाही हुन्छ ।”

प्रधानमन्त्री ओलीले अपराधमा संलग्न जो सुकैलाई पनि कानुनको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिए । “गैर कानुनी काम गर्ने जुनसुकै पार्टीको र जुनसुकै पदको भए पनि अनुसन्धानको दायरामा ल्याउनुहोस्” प्रधानमन्त्री ओलीले भने “तपाईंहरुले अरु कसैले भने अनुसार होइन कानुनले भने अनुसार काम गर्नु पर्दछ ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको बार्षिक प्रकाशन ‘पुलिस मिरर –२०७६’ विमोचन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि कांग्रेस महामन्त्री गगन र विश्वप्रकाश सक्रिय

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकका मागकाबारेमा

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे

सरकारको विकल्प खोजिएको त होइन, तर सरकार ट्याक्टरको गतिमा गयोः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको गति ट्याक्टरको जस्तो भएको भन्दै

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छः सांसद खान

काठमाडौँ । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब ६ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका–३,