‘रोशनीको मनोविज्ञान र महरालाई कारवाही’



महेश श्रेष्ठ

तत्कालिन सभामूख कृष्णबहादुर महरालाई जब बलात्कारको आरोप लगाएको कुरा समाजिक सञ्जालमा भाइरल बन्नथाल्यो, मंगलबारसम्म महराले बलत्कार गरेको आरोप लगाएका रोशनी शाहीले सोही दिनको साँझबाट एकाएक महरा सर निर्दोष हुनुहुन्छ भनेर बोली फेरिन् ।

आफूलाई फसाइएको र डिप्रेसनका कारण झुट बोलेको आशयका साथ सञ्चारमाध्यममा अन्तरवार्ता दिईन् । बुधबार बिहानबाट लगातर महरा सर निर्दोष हुनुहुन्छ भन्ने आसयका स्टाटसहरू लेख्दै विभिन्न सञ्चार माध्यममा महरामाथि लागेको बलात्कारको आरोपको समाचारहरूलाई सक्रिय रूपमा सेयर गरिरहेकी छिन् । अनि उसले गरेको यूटर्नका समाचारहरू दिनभर थुप्रै मिडियाका लागि मसला बन्यो ।

यसको प्रतिकृया स्वरूप यो घटनालाई चासोका साथ हेरेका सबैले रोशनी शाही महरालाई बचाऊ गर्न लागेको भनेर बुझे । समाजिक सञ्जालमा अधिकांशले उनलाई अपशब्द बोलेर, इज्जतलाई पैसामा लिलाम गर्ने बिकाऊ भनेर तथानाम गाली गर्न थाले ।

उनले यस्ता प्रतिक्रियाहरूको बेवास्ता गरेर लगातार रूपमा महरा सर निर्दोष हुनुहुन्छ भन्दै सम्बन्धित समाचार सामग्रीहरू बुधबार साँझमा पनि सेयर गरिन् ।

उनले यस्ता प्रतिक्रियाहरूको बेवास्ता गरेर लगातार रूपमा महरा सर निर्दोष हुनुहुन्छ भन्दै सम्बन्धित समाचार सामग्रीहरू बुधबार साँझमा पनि सेयर गरिन् । सर्सती हेर्दा रोशनी शाहीले महराको बचाऊ गरेको जस्तै प्रत्याभूत हुन्छ । तर रोशनीले फेसबुकमा सेयर गरेका समाचारहरूको प्रवृत्ति केलाउँदा प्रस्ट हुन्छ उनी महरा कारवाहीमा परेको हेर्न चाहन्छिन् ।

रोशनीको चाहना, महरालाई कारवाही ?

मंगलबार साँझबाट जब रोशनीले महरा सर निर्दोष हुनुहुन्छ भनेर बोली फेरिन्, तबबाट उनले सेयर गरेका बलात्कार आरोपसँग सम्बन्धित सबै जसो समचारहरूको स्टाटसले महराको बचाऊ गरेता पनि अधिकांश सञ्चार सामग्रीहरू महराले बलात्कार गरेकै हुन् र उसलाई सजाय हुनुपर्छ भन्ने आसयका छन् ।

यति सम्मकि उनले मलाई महराले बलात्कार गरेको हो भन्ने सामग्री भएको भिडियो अन्तरवार्ता सेयर गरेकी छिन् । तर यसको विपरित उनले महरा सर निर्दोष हुनुहुन्छ भनेर दिएको भिडियो अन्तरवार्ता सेयर गरेकी छैनन् ।

त्यस्तै शुरूमा यो समाचार ब्रेक गर्ने पत्रकार अजयबाबु सिवाकोटीलाई स्टाटसमा गाली गरेतापनि उसलाई सहासिक पत्रकार भन्ने आशयका समाचारलाई पटक पटक सयर गरेकी छिन् । त्यस्तै महरा दोषी नै हुन् भन्ने प्रमाण उल्लेख भएका (दोहोरो एसएमएस, अन्तरवार्ताको दौरान आएको फोन कलआदि ) समाचार सामग्रीहरूलाई पनि सेयर गरेकी छिन् ।

त्यस्तै महरा दोषी नै हुन् भन्ने प्रमाण उल्लेख भएका (दोहोरो एसएमएस, अन्तरवार्ताको दौरान आएको फोन कलआदि ) समाचार सामग्रीहरूलाई पनि सेयर गरेकी छिन् ।

यसबीचमा महरा निर्दोष छन् भन्ने आशयका सामग्रीहरू पनि समाजिक सञ्जालमा भाइरल भए । तर यस्ता समाचार सेयर गर्नुमा रोशनीले जाँगर देखाइनन् । एकाध यस्ता समाचार सेयर गरेकी छिन् जसको प्रष्ट आशय आफू र आफ्नो श्रीमान्को बचाउ गर्नका लागि गरिएको हो भन्ने छर्लङ्ग देखिन्छ ।

त्यस्तै महरामाथिको बलत्कारको आरोपको समागीहरू सँगसँगै सरकारको मनोबल गिर्ने खालका भ्रष्टचारका समाचारहरू पनि सेयर गरेकी छिन् । अघिल्लो दिन बलात्कारमा परेकी एउटी महिलाले आफ्नो लागि न्यायको चिन्ता गर्छ कि देशमा भएको भ्रष्टाचारको ?

प्रत्यक्ष रूपमा महराको विरोध गर्न नसकेर यस्ता सामग्रीहरू सेयर गरेर सत्ताको केन्द्रमा रहेको महराको अप्रत्यक्ष रूपमा विरोध गरेको कुरालाई अझै पुष्टि गर्छ । रोशनीको फेसबुकको क्रियाकलापलाई नियाल्दा यो कुरा चाहिं प्रष्ट हुन्छ, रोशनी शाही अन्तरमनबाट महरालाई कारवाहप् भएको हेर्न चाहन्छिन् तर सुरक्षा वा अन्य कुनै कारणले खुलेर त्यो कुरा भन्न सकिरहेकी छैनन् ।

समाचारको प्रकृति भन्दा विपरित खालको स्टाटस किन?

सोमबार साँझबाट सञ्चार माध्यममा रोशनी खुल्लेआम रूपमा महराले मलाईलाई बलात्कार गरेको हो भनेर देखा परिन् । सञ्चार माध्यममा महरालाई बलात्कारको आरोप लगाउँदै अन्तरवार्ता दिइन् ।

अरोपलाई पुष्टि गर्न शरीरको चोटहरू देखाइन । महरा र आफूबीचको दोहरो एसएमएस देखाइन् । यसको परिणाम, हामी सबैले देखि सक्यौं कृष्णबहादुर महरा अबपूर्व सभामूख भए ।

रोशनीको यूटर्नका पछाडि के के भयो, महराको पक्षबाट रोशनीलाई लोभ देखाइयो वा डर देखाइयो त्यो छोपिएको पाटो हो । तर रोशनीले सेयर गरेका समाचार र समाचार विपरितको उसले लेखेका स्टाटसलाई नियाल्दा छर्लङ्ग देखिने कुरा चाहिं के हो भने उसले महरालाई कारवाही भएको हेर्न चाहन्छिन् ।

तर त्यसको लागि महरा इतर समूहबाट खतरा मोल्न चाहिं चााहदिनन् । यतिसम्मकि आफूले न्यूज सेयर यो गर्दै फेक आइडि हो भनेर सम्म भनेर स्टाटस लेख्न भ्याएकी छिन् ।

घटनाबारे विभिन्न ओदहावाला राजनीतिकर्मी महिलाहरूलाई जानकारी गराउने, प्रहरीलाई फोन गर्ने, महराको छोरालाई तिम्रो बुबाले मलाई बलात्कार गर्यो भनेर एसएमएस पठाउने, सञ्चार माध्यममा अन्तरवार्ता दिने तर अचम्म लाग्ने कुरा प्रहरी चौकीमा गएर किटानी जाहेरी नदिने ।

तर रोशनीले सेयर गरेका समाचार र समाचार विपरितको उसले लेखेका स्टाटसलाई नियाल्दा छर्लङ्ग देखिने कुरा चाहिं के हो भने उसले महरालाई कारवाही भएको हेर्न चाहन्छिन् ।

बलात्कारको अरोप जगजाहेर भइसकेपछि भने प्रहरीले उसको निवासमा आएर गरेको प्रारम्भिक अनुसन्धान गरेकोमा असन्तुष्टि पोख्ने, उसलाई उपलब्ध गराएको २–३ जना समूहको प्रहरी सुरक्षाको विरोधमा चर्को स्वर गर्नेजस्ता कुराहरू महरा इतर समुहबाट सुरक्षित हुन गरिएका क्रियाकलाप हुन् भनेर सजिलै बुझ्न सकिन्छ ।

रोशनीले महरालाई लगाएको बलात्कारको आरोपमा महरालाई गरेको बचाऊ ठ्याक्कै चुरोट उत्पादक कम्पनीहरूले ‘धुमपान स्वस्थ्यका लागि हानिकारक छ’ भन्ने नारा जस्तै हो । चुरोट उत्पादक कम्पनीले ‘धुमपान स्वस्थ्यका लागि हानिकारक छ’ भन्नुको अर्थ उपभोक्ताले चुरोट नतानोस् भन्ने मनसायका साथ भनिएको होइन ।

बरू चुरोट उत्पादकले ग्राहकलाई स्वास्थ्य बिगार्नुमा जिम्मेवारी नलिई, ‘तिम्रो फोक्सो कुहाउनुमा हामी जिम्मेवार छैनौं चुरोट तान्ने तिमी आफैं जिम्मेवार हौ भनेर आफ्नो बचाऊ गरेको हो । तीन तीन पटक उपप्रधानमन्त्री भइसकेको मानिस, बहालबाला सभामूख, जीवनभरको अथाह मेहनतको उपलब्धी,जसका कारण राजनीतिक शाख गिरिसकेपछि उसैले महराको बचाऊ गर्नुमा के अर्थ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका