सभामुख महराद्वारा पदबाट राजीनामा



काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनमा दिएका छन् । मंगलवार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकको सुझाव अनुसार महराले राजीनामा दिएका हुन् ।

सभामुख महरामाथि संघीय संसद् सचिवालयमा काजमा कार्यरत एक महिलाले बलात्कार गरेको आरोप लगाएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।

नैतिकताको आधारमा आफूले आजको मितिबाट अनुसन्धान नसकिदासम्मको लागि राजिनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

संसद सचिवालयमा काजमा रहेकी ती कर्मचारीले आइतबार राति आफ्नै कोठामा आएर मदिराको मातमा सभामुख महराले जबर्जस्ती गरेको आरोप लगाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : पर्यटनमन्त्री पाण्डे

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्यक भएको

निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आग्रह

काठमाडौं  । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन

प्रधानमन्त्रीको प्रश्नः राष्ट्रिय गौरवका आयोजनालाई गति दिन के-के गर्न सकिन्छ ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिने

प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस, ३० वर्षे सेवाअवधि हट्ने

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण