नेता कार्यकर्तालाई प्रचण्डको आग्रहः मेहनत गरी शैली र संस्कार बदलौं



बुटवल । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले लगानीमैत्री वातावरण बनिसकेको बताएका हुन्।

‘लगानीको निम्ति भौगोलिक र अन्य सबै हिसाबले पनि वातावरण बनेको छ, उनले भने, ‘लगानी भित्राएर मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक कार्यभार हामीमाझ आएको छ, यसलाई हामीले उचित ढंगले काम गर्नसक्नुपर्छ।’

करिब ५० अर्ब लगानी भित्राउने लक्ष्यसहित २२ परियोजना अघि सारेर नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो। नयाँ युग तिर जान लागेको नेपालका लागि होस्टेमा हैंसे गर्न उनले सबैमा अपील पनि गरे ।

अध्यक्ष प्रचण्डले शैली र संस्कार बदल्न सबैले मेहनत गर्नै पर्ने उल्लेख गर्दै नेपालमा जनता, कार्यकर्ता र नेताले आन्दोलनबाट परिवर्तन गर्ने तर केही वर्षमा पुरानो संरचना जस्तै भुत्ते बनाउने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भिजिट भिसा प्रकरणः प्रधानमन्त्री ओली, देउवा र गृहमन्त्री छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश

बिहीबारदेखि एकीकृत समाजवादीको कार्यकर्ता भेला

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बिहीबार यहाँ कार्यकर्ता भेला गर्ने भएको

राजावादीको आन्दोलन र ओलीको निर्देशन

-ऋषि कट्टेल । कथित राजावादीको आन्दोलन र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले

बुटवलको कालिकानगरमा एकै परिवारका तीन जनाको हत्या, एकजना पक्राउ

बुटवल । बुुटवलको कालिकानगरको होराइजन चोकस्थित मिलिजुली पथमा एक युवकले एक महिला र