‘काले’को योजनामा कृषि विकास बैंकबाट पाँच अर्ब निकाल्ने योजना, १२ जना पक्राउ



काठमाडौँ । बैंक तथा वित्तिय संस्थाको प्रविधि दुरुपयोग गरी ५ अर्ब रुपैयाँ भन्दा धेरै रकम झिकेर विदेश लैजाने योजनामा संग्लन १२ जनालाई महानगरिय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ पर्नेमा नुवाकोट मेघाङका लवाङ तामाङ, रसुवा नौकुण्ड घर भएका लक्ष्मी लामा तामाङ, निर्मला तामाङ र निमा तामाङ, काठमाडौं काभ्रेस्थलीका संजय घले, सर्लाही हरिवनका पुष्पराज खड्का, लमजुङ दोर्दी गाउँपालिकाका विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका(९ का श्रवणकुमार श्रेष्ठ, भारत कोलकत्ताका शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका-३ का विजय शाह र चन्द्रबहादुर बुढा रहेका छन् ।

महाशाखाका अनुसार भारतको मुम्बईमा बस्ने काले भन्ने पिटरले नेपालीहरुलाई सर्म्पक गरी बैंक तथा वित्तिय संस्थाको रकम निकाल्ने काममा प्रयोग गरेका थिए ।

पिटरले अवैध रुपमा बैंकको रकम झिक्ने काममा संग्लनहरुलाई मुम्बई नै बोलाएर काम सिकाएको र पैसा निकाले वापत कमिसन दिने गरी काममा लगाएको बुझिएको छ ।

महाशाखाका अनुसार रकम निकालेर भारत पठाउनेहरुलाई १५ देखि ३५ प्रतिशत कमिशन दिने गरी काममा लगाएको देखिएको छ ।

महाशाखाका अनुसार हृयाकरको समुहले कृषि विकास बैंकको विभिन्न शाखाकाबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ अवैध रुपमा झिकिएको जनाएको छ । त्यस्तै नयाँ बानेश्वरमा रहेको पानस रेमिटबाट भने १२ लाख रुपैयाँ प्राविधिक छिद्रको फाईदा उठाई झिकिएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीको बचाउ गर्दै सिटौलाले भने-कर्मचारीले गल्ती गर्ने, मन्त्री राजीनामा गर्दै हिँड्ने कुराले राज्यव्यवस्था चल्दैन

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एकजना कर्मचारीले गरेको गल्तीकै आधार मन्त्रीले

अहिलेको नेतृत्वबाट महाधिवेशन सम्भव नभएको भन्दै नेविसंघका नेताले बुझाए देउवालाई ध्यानाकर्षणपत्र

काठमाडौं । नेपाल विद्यार्थी संघले अहिलेको नेतृत्वबाट महाधिवेशन सम्भव नभएको भन्दै पार्टी सभापति

यो भिजिट भिसा प्रकरण हैन, मानव तस्करी हो !

काठमाडौं । भिजिट भिसाको आवरणमा मानव तस्करी गरेको आरोपमा गृह मन्त्रालयका अधिकारीहरू नै

जापान भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान