नारायणकाजीले भने–सि विचारधाराबाट सिकौं तर नक्कल नगरौं



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राष्ट्रपति सि जिनफिङको विचारधाराको नक्कल गर्न नहुने बताएका छन् ।

ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सिद्धान्त पढ्नु र बुझ्नु राम्रो कुरा भएको पनि नक्कल गर्नु गलत हुने उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘हामी कुनै पनि लोकतान्त्रिक, प्रगतिशील, क्रान्तिकारी, समाजवादी र कम्युनिस्ट आन्दोलन र समाजको अनुभवबाट सिक्न तयार छौँ। तर हामी नक्कल गर्दैनौँ। यसमा कुनै पनि अलमलमा पर्नु जरुरी छैन।’

नेकपाको विदेश विभागले चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुखलाई बोलाएर काठमाडौंमा दुई दिन सी जिनपिङ विचारधाराबारेमा छलफल चलाएको थियो । त्यसक्रममा दुई पार्टीबीच सहकार्यसम्बन्धी समझदारीपत्रमासमेत हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले राप्रपाका तीन सांसदको पीएसओ हटायो

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन सांसदको निजी अंगरक्षक (पीएसओ) फिर्ता बोलाएको

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक पनि विपक्षी दलहरुले अवरुद्ध पारेका छन् । बैठक

संसद संचालनका लागि गृहमन्त्रीको राजीनामा विपक्षीको सर्त

काठमाडौं । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद

आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षणमा कांग्रेस प्रतिबद्ध छः सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान,