सत्तारुढ नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सहयोग तथा सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंमो होटल मेरियटमा आयोजित कार्यक्रममा नेकपा विदेश विभाग प्रमुख माधव कुमार नेपाल र चिनयाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । समझदारीपत्रमा दुवै पार्टीबीच सहयोग, सहकार्य, भ्रमण र गोष्ठीहरू गर्ने विषय समेटिएको बताइएको छ ।

समझदारी-पत्रमा निम्न छ बुँदा छन्:
१. उच्चस्तरीय भ्रमण
२. कार्यकर्ता तहको अध्ययन भ्रमण बृद्धि
३. पार्टी-पार्टी अनुभव आधारित सहयोग आदान-प्रदान
४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान-प्रदान
५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६. विचार-सिद्धान्तमा आधारित बार्षिक कार्यक्रम संचालन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजामती प्रशासनको साख गिराउने सचिवहरुको कदम

काठमाडौं । निजामती सेवा विधेयकमा दुई वर्षे कुलिङ पिरियड राख्ने संसदको राज्य व्यवस्था

पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

सोलुखुम्बु । सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो

हेटौंडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौंडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र

सर्वोच्चले आदेश जारी गरे पश्चात उत्पन्न परिस्थितिबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामै राख्ने