राष्ट्रकवि घिमिरेको आज १०१औँ जन्मदिन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उहाँको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गरेका हुन् । “नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्”, प्रधानमन्त्रीले गर्नुभएको ट्वीटमा उल्लेख छ ।

हाल ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत कविवर घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भिजिट भिसाका विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु, बोल्छुः गृहमन्त्री लेखक

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको सम्बन्धमा आफूमाथि लागेको आरोपकाबारेमा बोल्ने बताएका

रास्वपा नेताको प्रस्तावः जनमत संग्रहका लागि सदन तथा सडकबाट संघर्ष सुरु गरौं

काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टीका नेता यज्ञमणि न्यौपानेले अब उपसभापति, महामन्त्री, सहमहामन्त्री र

गृहमन्त्रीलाई राजीनामा दिन शेखर कोइरालाको सुझाव

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा

काठमाडौंको सभ्यता झल्काउने फल्चा(भिडियोसहित)

-बालेन साह । मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व ठूलो छ