हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा शुभारम्भ



 

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा शुभारम्भ गरिएको छ ।

मुटुरोगसम्बन्धी उपचार सहज रूपमा प्रदान गर्ने उद्देश्यले आजदेखि कार्डियो ओपिडी सञ्चालनमा ल्याइएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, स्वास्थ्यमन्त्री किरण थापालगायतको उपस्थितिमा मंगलबार सेवा शुभारम्भ गरिएको हो ।

मुटुरोग विशेषज्ञ डा विकेश श्रेष्ठबाट हेटौँडामा दैनिक रूपमा मुटुजाँच सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए ।

क्याथ ल्याबको अभावले तत्काल शल्यक्रिया नहुने र त्यसबाहेक मुटुको सबै उपचार सेवा इसिजी, इको, टिएमटी, हल्टर, एविपीजस्ता परीक्षण यहीँबाट उनले बताए ।

कार्यक्रममा मुख्यमन्त्री लामाले प्रदेश सरकार स्थापना भएपछि हेटौँडा अस्पतालको सेवासुविधा बढ्दै गएको बताए । प्रदेश सरकारको औचित्यलाई स्वास्थ्य क्षेत्रमा भएको विकासले पुष्टि गरेको उनको भनाइ छ ।

मुख्यमन्त्री लामाले प्रदेश सरकार मातहत आएकै कारण १३ वटै जिल्लाका अस्पतालको अवस्थामा सुधार हुँदै गएको दाबी गर्दै हेटौँडामै मुटुको शल्यक्रिया हुनसके प्रदेशकै ठूलो सफलता हुने बताए ।

स्वास्थ्यमन्त्री थापाले सङ्घीयता लागू भएपछि विशेष गरी स्वास्थ्य, शिक्षा क्षेत्रले ठूलो फड्को मारेको दाबी गरे । हेटौँडा अस्पतालको सेवाबाट मकवानपुर मात्र नभई मधेस प्रदेशका नागरिक पनि लाभान्वित भइरहेको उनको भनाइ छ । मन्त्री थापाले अस्पतालको स्तरोन्नतिका  लागि प्रदेश सरकारले थप मेडिकल उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा प्रदीप ज्ञवालीले प्रादेशिक अस्पतालको सेवा विस्तारसँगै यसको निरन्तरता महत्वपूर्ण हुने बताए । अस्पतालमा कार्डियो सेवासँगै प्रतिष्ठानले क्याथ ल्याव निर्माणको काम अघि बढाउने उनले बताए ।

हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा रोटरी क्लब अफ हेटौँडाले अस्पताललाई एक वर्षअघि ८० लाख मूल्य बराबरका मुटु परीक्षण उपकरण उपलब्ध गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के हुन सक्छन् मानसिक रोगका कारण ?

-डा. निराकारमान श्रेष्ठ हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए

नसर्ने रोगका विरामीको पहिचान गर्दै ‘पौवादुङमा’

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ

लहानमा दुई अर्बको लागतमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा। लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

काठमाडौँ। वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर