स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पुर्याउँछु भनेर स्वास्थ्य मन्त्रीले सपना बाँडेको सांसद कार्कीको आरोप



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न माग गरेकी छिन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा कार्कीले स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पुर्याउँछु भनेर मन्त्रीले पौडेलले सपना बाँडेको बताइन् । सांसद कार्कीले स्वास्थ्य बीमाको रकम दिन सकिएन भन्नु गलत भएको बताउँदै स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य बीमा अनिवार्य सुरू गर्नुपर्नेमा जोड दिइन् ।

उनले अहिले बीमा नै बन्द हुने अवस्थामा पुगेको भन्दै तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गर्न सुझाव दिइन् । उनले भनिन्,‘स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पुर्याउँछु भन्ने महत्वकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्यूबाट नै अब यो भुक्तानी गर्न सकिएन,बजेट पुगेन स्वास्थ्य बीमा बन्द हुन लाग्यो भनेर लाचार अभिव्यक्ति सुन्दा दुःख लागेको छ । स्वास्थ्य बीमा ल्यायौं भनेर जस लिन खोज्ने अनि यसलाई अलपत्र पारेर बर्षौदेखि जम्मा २६ देखि २८ प्रतिशत मात्र पहुँच राखेर कार्यक्रमलाई धरासयी बनाएपछि हतोत्साहीत हुने बानी राम्रो भएन । यदी उपयुक्त सल्लाह लिन सकिँदैन, अध्ययन, तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला । हामी सुझाव दिन तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगको पहिचानः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’अभियान

काभ्रे।  नसर्ने रोगको रोकथामका लागि काभ्रेपलाञ्चोकमा एक महिने ‘स्क्रीनिङ’ अभियान थालिएको छ ।

हङ्कङ फ्लुको उपचार के छ ?

-डा. शेरबहादुर पुन केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि

चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्ष मात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी

काभ्रेका केही किशोरीले लगाउन मानेनन् ‘एचपिभी’ खोप

काभ्रे । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५