स्वास्थ्य मन्त्रालयले अब हरेक शुक्रबार नियमित रुपमा भिडियो ब्रिफिङ गर्ने



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि नियमित रुपमा मन्त्रालयगत गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ ।

मन्त्रालयले हरेक साताको शुक्रबार दिउँसो एक बजेर ३० मिनेटमा साताभरका नीतिगत निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

आज मडिया ब्रिफिङका क्रममा उनले भने, “साताभरीका नीगितगत वा कार्यगत निर्णय, स्वास्थ्यसम्बन्धी महत्वूर्ण सूचना र जानकारी सर्वसाधारण र सरोकारवालालाई सहज रुपमा प्राप्त होस् भन्ने उद्देश्यले सुरु गर्न लागेका हौँ ।”

यसअघि कोभिडका समयमा मन्त्रालयले नियमित भिडियो ब्रिफिङ गर्दै आएको थियो । हाल मन्त्रालयले प्रेस विज्ञप्तिबाहेक सामाजिक सञ्जालमार्फतसमेत सूचना र जानकारीहरु दिँदै आएको छ ।

प्रवक्ता बुढाथोकीले बिहीबार बालबालिकाको क्यान्सरमा प्रयोग हुने अत्यावश्यक औषधि प्राप्त गरेको र ती औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पताललाई हस्तान्तरण गरिएको बताए ।

मिडिया ब्रिफिङमा गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म चलेको पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा कूल लक्ष्यको ९२ प्रतिशतले खोप लगाएको प्रवक्ता डा बुढाथोकीले बताए । उनले कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १४ लाख ३५ हजार ७ सय ८९ लाई खोप प्रदान गरिएको जानकारी दिए ।

हिमाली भेगका मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला जिल्लामा हाल हिमपात भएकाले खोप अभियानमा कठिनाइ भएको र फागुन अन्त्यमा उनीहरुलाई खोप लगाइने ब्रिफिङमा जानकारी गराइयो । अभियानमा छुटेकाले पछि पायक पर्ने स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

देशभरी ३० देखि ४९ वर्षसम्मका ९२ हजार दुई सय ७३ जना महिलाहरुले यो आर्थिक वर्षको मध्यसम्म पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएको मिडिया ब्रिफिङमा डा बुढाथोकीले जानकारी गराए । भिआइए विधिबाट ६० हजार ९३७ , एचपीभी डिएनए विधिबाट नौ हजार ९२७, प्याप स्मेयर विधिबाट २१ हजार ४०९ जनाले परीक्षण गराएका हुन् ।

प्रवक्ता डा बुढाथोकीले बाँकेमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चलिरहेको बताए । यही फागुन ५ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिका र फागुन ७ गते डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिका–४ मा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन भइरहेको र अभियान एक महिनासम्म चल्ने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी

चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच नौबुँदै सहमति

काठमाडौं । सरकारसँग ९ बुँदे सहमति भएपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य

बयानब्बे वर्षमा आँखाको ज्योति फर्किएपछि…

बरहथवा । हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख