पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत



काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौँ सभाको बैठकबाट स्वीकृत बहुवर्षीय गुरुयोजनालाई कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष पेस गर्न अनुमति दिएको छ। बैठकले कार्यकारी परिषद्को सिफारिसमा सभाको सदस्यमा प्राडा ब्रह्मदेव झालाई मनोनयन गरेको छ।

प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीको विद्यमान तलब भत्तामा आन्तरिक स्रोतबाट दिने गरी पाँच प्रतिशत वृद्धिको प्रस्तावलाई भने बैठकले थप अध्ययन र छलफल गरेर मात्रै पेस गर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री ओलीले विधि र कानुनसम्मत रुपमा निर्णय लिन तथा समयमा सिनेट बैठक गरी वार्षिक बजेट र कार्यक्रम पारित गराउन निर्देशन दिए। उनले दीर्घकालीन र आर्थिक रुपमा प्रभाव पर्ने निर्णयलाई स्वीकृत गर्न नसकिने स्पष्ट गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी

चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच नौबुँदै सहमति

काठमाडौं । सरकारसँग ९ बुँदे सहमति भएपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको

स्वास्थ्य मन्त्रालयले अब हरेक शुक्रबार नियमित रुपमा भिडियो ब्रिफिङ गर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि नियमित रुपमा मन्त्रालयगत गतिविधिको भिडियो ब्रिफिङ

बयानब्बे वर्षमा आँखाको ज्योति फर्किएपछि…

बरहथवा । हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख