सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान



सिड्नी । अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ।

अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो।

युनिभर्सिटी अफ क्विन्सल्याण्डका हब्तामु बिजुआयेहुको नेतृत्वमा अनुसन्धानकर्ताहरूले १८५ देशका ३६ प्रकारका क्यान्सरका बिरामी र मृत्युदरको विश्लेषण गरी सन् २०५० को संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या पूर्वानुमानमा यो दर लागू गरेर भविष्यका क्यान्सरका बिरामी र मृत्युको प्रक्षेपण गरेका थिए।

सन् २०२२ मा दुई करोड क्यान्सर भएकामा सन् २०५० मा तीन करोड ५३ लाख पुग्ने अनुमान गरिएको छ।

संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्क (एचडीआई) मा कम वरियता भएका देशहरूमा सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्यु दर तीन गुणाले बढ्ने अनुमान गरिएको छ।

सन् २०५० मा फोक्सोको क्यान्सर यस रोगका कारण हुने मृत्युको प्रमुख कारण रहने अनुमान गरिएको छ, जुन सन् २०२२ मा १८.७ प्रतिशत रहेको थियो।

सन् २०२२ देखि २०५० को बीचमा महिलाको तुलनामा पुरुषमा क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या केही बढी हुने अध्ययनले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अमेरिकीहरूलाई हेक्का रहोस्, हक्कीमा जस्तै व्यापारमा पनि क्यानडाले जित्नेछ’

बीबीसी । क्यानडाको आगामी प्रधानमन्त्री बन्ने दौडमा जस्टिन ट्रुडोलाई विस्थापित गर्न सफल मार्क

प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

सिरियामा सर्वसाधारणको हत्या बन्द गर्न राष्ट्रसङ्घको आग्रह

जेनेभा । संयुक्त राष्ट्र सङ्घले उत्तरपश्चिमी सिरियामा भएको हिंसाको तत्काल अन्त्य गर्न आह्वान

विश्व उड्डयन बजारमा भारतको तीव्र वृद्धि

बैङ्गलोर । भारतीय रक्षामन्त्री राजनाथ सिंहले अन्तरिक्ष युद्धमा भारतले ‘एन्टी–स्याटेलाइट’ जस्ता सबैभन्दा उन्नत